Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :“सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?” यो भनाइ हो गोरखा आरुघाटका सुनिल श्रेष्ठको । नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सोही जानकारी पाएर आरुघाटका श्रेष्ठले पैसा नलाग्ने नं ११५१ मा फोन गरेर मन्त्री पुनलाई सोध्नुभयो, “मन्त्रीज्यू मुआब्जा पाइन्छ भन्ने सुनेको लामो समय भयो । तर अझै मुआब्जा निर्धारण हुन सकेको छैन । हामी त…
काठमाडौँ: रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न विधेयक ल्याइएको प्रस्तावनामा उल्लेख छ । विधेयकमा प्रत्येक बेरोजगार व्यक्तिलाई बेरोजगार सहायता पाउने अधिकार हुनेछ भन्ने प्रावधान राख्न प्रस्ताव गरिएको छ । त्यसो त, नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था रहेको छ । उक्त विधेयक हाल सांसदहरूलाई अध्ययनको लागि वितरण भइसकेको…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । यसअघि बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । नजिकिएको चार्डपव, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाई समेत मध्यनजर गरी…
काठमाडौँ: साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ९७ अंकले बढेर अन्तिम दिन १ हजार १८१ दशमलब ६९ अंकमा पुगेको छ । नेप्से बढेपनि कारोबार रकममा भने कमि आएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ११ हजार ७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो । गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ६२० कारोबारबाट एक अर्ब १७…
काठमाडौं: अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अष्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोच भइरहेको अवस्थामा नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिँदैे नेपाल र अष्ट्रेलियाबीच सरकारबीचको सम्बन्धजस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पु¥याउने धारणा राखे ।…
भद्रपुर :अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक पाँच हजार रुपैयाँ निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोकी पाउँ भनी बिहीवार रिट दायर गरिएको थियो । अधिवक्ता उत्तम पौडेलका अनुसार मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले अदुवामा निकासी कर नलगाउनु भनी आज अन्तरिम आदेश जारी गर्नुभएको हो । अदालतले विपक्षी झापा जिल्ला समन्वय समितिलाई छलफलका लागि भदौ २६ गते…
काठमाडौं: सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा तोकिएको सडकसीमाभित्र ‘ल्यान्ड पुलिङ’ मापदण्डविपरीत जग्गा कित्ताकाट गरिएको भन्दै उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण मागेको छ । कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचारअनुसार, चोभार सतुंगलबीचको करिब ६ किलोमिटर खण्डमा ३ आनाभन्दा कम जग्गा कित्ताकाट गरिएको पाइएको मन्त्रालयले जनाएको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पछिल्लो समय उक्त खण्डमा कित्ताकाट गर्दा व्यापक चलखेल भएको भन्दै तिवारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । जति बढी कम क्षेत्रफलमा कित्ताकाट भइ जग्गा बिक्री हुन्छ, ल्यान्ड पुलिङको मापदण्डअनुसार सरकारले आयोजना अघि बढाउँदा राज्यलाई उत्ति बढी आर्थिक व्ययभार पर्छ । अहिलेकै अवस्थामा ल्यान्ड पुलिङ गर्दा…
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सहज र सरल बनाउन कार्यविधि लागू गरिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिए । कार्यविधि आजैदेखि लागू हुनेछ । कार्यविधिले साहसिक क्रियाकलापका क्रममा हुने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा वा बेपत्ता भएमा तत्काल सम्बन्धित एजेन्सीले नै खोजी गर्नुपर्ने…
काठमाडौं: चिकित्सक संघले आईतबार देशभरको स्वास्थ्य सेवा बन्द गर्ने तयारी जनाएको छ । सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता), ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सरकारले ऐन संशोधनमा चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले बताए । कार्यक्रम अनुसार माइतीघर मण्डलामा धर्ना दिने, कुनै पनि अस्पतालमा बिरामी भर्ना नलिने, बिरामीको शल्यक्रिया नगर्ने ल्याब टेस्ट नगर्नेलगायत साता व्यापी कार्यक्रम घोषणा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पूर्व–घोषित आन्दोलनका…
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा आयोजित नवनिर्मित धर्मशाला हन्तान्तरण समारोहमा सहभागी भए । बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार काठमाडौँ आएका थिए ।