Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मदत्तनगर : १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएकोबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान दुई दिदी बहिनी बबिता बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट घटनाको थप अनुशन्धान गर्न पक्राउ गरिएको त्यहाँ स्थित स्थानीय पत्रकार राजेन्द्र अवस्थीले जानकारी दिए । बबिता र रोशनी शुक्रबार राती नै पक्राउ परे पनि प्रहरीले आज बिहान मात्रै घटनाको जानकारी गराएको अवस्थीले बताए । निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला आफ्नो घर तर्फ फर्कने क्रममा वेपत्ता भएकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएकी…

Read More

सुर्खेत: कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन्् । कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनबक्र्स नेपाल संस्थाले अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए । उहाँका अनुसार अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्याङ्क देखाउँछ…

Read More

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्व क्षेत्रिय छैठौँ बैठक बुँदे घोषणापत्र जारी गर्दै जारी गर्दै सम्पन्न युएईको दुबईमा सम्पन्न भएको छ । बैठकले वैदेशिक रोजगारलाई सुरक्षीत, व्यवस्थित र मर्यादित वनाउनको लागि १६ बुँदे दुबई घोषणापत्र जारी गरेको हो । बैठकमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै माननीय खानेपानी मन्त्री विना मगर, विशिष्ट अतिथि पुर्व श्रममन्त्री रमेश लेखक, युएईका लागि कार्यबाहक राजदूत सागर फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि विपिन आचार्य अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भबन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, अध्यक्ष पुर्व अध्यक्ष जीवा लामिछाने, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि लगायतको उपस्थिती थियो । गैरआवासीय…

Read More

नुवाकोट: पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले जानकारी दिए । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक पुरिएको छ” उनले भने । आज बिहानबाट पहिरो पन्छाउने काम शुरु भएको वडा नं ४ का वडाध्यक्ष दीपेश लामाले जानकारी दिनुभयो । उक्त राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ…

Read More

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौं प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो । बैठकमा शान्तिपूर्ण वातावरण बनाएर निर्मला पन्त हत्याकाण्ड छानविन गर्ने लगायत अन्य सुरक्षाका विषयमा छलफल भइरहेको सुरक्षा समितिका एक सदस्यले बताएका छन् । बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन् । आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कफ्र्यू)…

Read More

काठमाडौँ: स्थानीय बजारमा सुनको माग बढेसँगै चरम अभाव देखिएको छ । तिजको अवसरमा सुनको माग बढेपनि आपूर्ति कमी हुँदा बजारमा सुनको अभाव भएको व्यवसायी तेज रत्न शाक्यले बताए । तिज नजिकिँदै जाँदा माग पनि बढ्दै गएको र सरकारले माग अनुसार आपूर्ति नगर्दा बजारमा सुनको अभाव हुँदा उपभोक्ता तथा व्यवसायी मारमा परेको उनको भनाई छ । उनका अनुसार सुनको माग बढेर दैनिक ३५-४० किलो पुगेको छ तर बजारमा २० किलो आपूर्ति छ । मागको यो परिमाण अझै बढ्ने र दैनिक ५० किलो सम्म पुग्ने उनले बताए । तिजमा छड्के तिलहरी, ठूलो तिलहरी, माइली तिलहरी, क्लिप, जन्तर, चन्द्रमा, हातमा लगाउने बालालगायत पुराना…

Read More

चितवन: नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो । बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

Read More

काठमाडौँ: नेपाल आउने अमेरिकी, बेलायती र अस्ट्रेलियन पर्यटकको भ्रमणबिमा गराउँदै आएको दाबी गर्ने ‘ट्राभलर एसिस्ट’ सँग पर्यटन मन्त्रालयले फर्जी उद्धारमा संलग्न हेलिकप्टर कम्पनी, अस्पताल तथा ट्रेकिङ एजेन्सीका प्रमाण मागेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । उक्त कम्पनीले केही महिनायता नेपाली रेस्क्यु एजेन्टहरूले दाबी गरेको बिमा रकममा अनुसन्धान गर्दा ३० प्रतिशत हाराहारी फर्जी भेटिएको भन्दै आगामी सिजनदेखि नेपाल घुम्ने पर्यटकको बिमा रोक्ने चेतावनी दिएको थियो । कम्पनीका प्रतिनिधि डेनी केनले एक विदेशी समाचार एजेन्सी र सरकारलाई इमेलमार्फत यस्तो जानकारी गराएका थिए । मन्त्रालयले केनलाई यससम्बन्धी प्रमाण भए उपलब्ध गराएर सघाउन आग्रह गर्दै बिहीबार इमेल पठाएको हो ।

Read More

काठमाडौं: मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको समाचार आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा छापिएको छ । बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ । प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेको थियो । अध्ययनपछि उनीहरूले सडकमा पानी जम्म हुने समस्या भने हटाउन सुझाव दिएका थिए । हाललाई चक्रपथ, भक्तपुर सूर्यविनायकदेखि कलंकी, तीनकुने, बानेश्वर, माइतीघरर रत्नपार्क रुटमा गाडी चलाउन यातायात व्यवस्था विभागसँग कुरा…

Read More

काठमाडाैं: घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको…

Read More