Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गृहमन्त्रालयले बुधबार केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गर्ने निर्णयसहितको सूचि प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ । सूची अनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी वसन्त कुमार लामालाई दिइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख तोकिएको छ । निशान हत्या काण्डमा परिसर प्रमुख बिश्वराज पोखरेल र अपराध महाशाखाबीच समन्यव अभाव रहंदा बालक ज्यान गएको थियो । लामा ३३ किलो सुनकाण्डको अनुशन्धान समितिको सदस्यसमेत हुन् । धानुक भने यसघि काठमाडौं प्रहरी परिसरको जिम्मेवारीबाट बाग्लुङ सरुवा भएका थिए । ललितपुरमा यसघि गणेशबहादुर ऐरले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी…

Read More

काठमाडौँ: सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उहाँलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका थिए । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त हुनुभएपछि प्राधिकरण…

Read More

काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ । कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले ऐनका त्यस्ता प्रावधान फिर्ता नभए देशभरका व्यवसायीले आ–आफ्नो अनुमतिपत्र सरकारलाई बुझाउने चेतावनी दिए । निर्माण कार्यमा कमजोरी देखिनुमा व्यवसायीको मात्र दोष नरहेको भन्दै अध्यक्ष श्रेष्ठले दोषी रहेका अन्य सबै पक्षलाई पनि कानूनी कठघरामा उभ्याउनुपर्ने…

Read More

काठमाडौँ: एनआईसी एशिया बैंकले धादिङ जिल्लामा तीन नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ। बैंकले बुधबार धुनिबेशी नगरपालिका–७, स्थित खानीखोलामा, धुनिबेशी न.पा. वडा नं. ६, धार्के स्थित धार्केमा र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशीमा नयाँ शाखाहरु स्थापना गरेको हो। खानीखोला र धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उद्घाटन गरे भने महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गरे। मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ्। बैंकको वासलातको आकार रू. १८१ अर्ब…

Read More

काठमाडौँ: नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु सार्वजनिक नगरिएको पनि जनाएको छ । प्रबुद्ध व्यक्ति समूहको सचिवालयले आज एक विज्ञप्ति जारी गरी समूहको काम र प्रतिवेदनबारे नेपाली र भारतीय सञ्चारमाध्यममा विगतमा सम्प्रेषण भएका समाचार, टिप्पणी र सूचना पूर्णतः अनुमानमा आधारित भएका तथा नेपाल–भारत सम्बन्धका विषयमा इतिहासदेखि सार्वजनिक भएका र छलफलमा आएका विषयवस्तु मात्र भएका…

Read More

सोल:  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन् । उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउनु हुन्छ प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिनु हुने आकाङ्क्षा व्यक्त गरेका छन्। “जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल…

Read More

रसुवा: तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भइरहेको छ ।

Read More

काठमाडौँ: पूँजी बजारमा बुधबार उत्साहजनक सुधार देखिएको छ । सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकले सुधार आउदा सबै समूहको परिसूचक हरिया भएका छन् । नेप्से २८ दशमलब ७३ अंकले बढेर एक हजार २०९ दशमलब ७१ अंकमा पुगेको छ । आजको कारोबारमा सबैभन्दा निर्जिबन बीमा समूहको परिचूचक २०५ दशमलब ६४ अंक, जीवन बीमा १२९ दशमलब ८२ अंक, उत्पादन मूलक समूह ३९ दशमलब २३ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक ३६ दशमलब ८१ अंक, लघुवित्त ३५ दशमलब २८ अंक, जलबिधुत ३४ दशमलब ५३ अंक, होटल २९ दशमलब २९ अंक र बाणिज्य बैंकको परिसूचकमा २४ दशमलब ८६ अंकले सुधार आएको छ…

Read More

काठमाडौँ :स्थानीय तहले भवन निर्माण गर्न पाँच करोडदेखि १५ करोड रुपैयाँसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई आठ करोड र गाउँपालिकालाई पाँच करोड रकम दिने भएको छ । आफ्ना भवन नहँुदा स्थानीय तहलाई काममा समस्या भएको छ । “सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौँ ,”…

Read More

काठमाडौँ : बिगत केहि महिनादेखि डलरसँग अबमुल्यन हुँदै गएको नेपाली रुपैयाँ मंगलबार इतिहाँसमै कमजोर भएको छ । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.२० रुपैयाँ र खरीद दर १११.६० रुपैयाँ तोकेको थियो । मंगलबार डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । यधपी बुधबार डलरसमू नेपाली रुपैयाँको मूल्यमा सामान्य सुधार भएको छ । राष्ट्र बैंकले आजका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.१४ रुपैयाँ र खरीद दर १११.५४ रुपैयाँ तोकेको छ । अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा…

Read More