Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो ।…

Read More

काठमाडौं: महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस र्गे भएको छ । प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो । जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ । आजको कारोबारमा खबर छ । सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीयलगायत प्रचलित कानूनबमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने बुँदा प्रस्ताव गरिएको छ ।

Read More

ब्रसेल्स: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ नभएको बताएका छन् । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।” “त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उनले भने, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।” “पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो…

Read More

काठमाडौँ: संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको प्राध्यापकहरुले बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनले आज जारी गरिएको पे्रस विज्ञप्तिमा विश्वविद्यालयको अभिभावकत्व ग्रहण गर्नुभएका व्यक्तिबाट मर्यादाहीन काम भएकाले प्रा डा कोइरालाको क्यानडा भ्रमण स्थगन हुनु न्यायपूर्ण रहेको जनाएको छ । विदेश भ्रमणमा जाँदा अपनाउनुपर्ने सामान्य प्रक्रियालाई समेत बेवास्ता गरी कुलपतिको पूर्वस्वीकृतिबिना नै विदेश भ्रमणका लागि तयार भएको देखिएको छ, विज्ञप्तिमा भनिएको छ, “नियुक्त भएदेखि नै उपकुलपति डा कोइरालाबाट विश्वविद्यालयको ऐन नियम विपरीत काम गर्दै आएको छ ।”

Read More

काठमाडौं: सर्वोच्च अदालतले निक्षेपकर्ता सुरक्षा कोषका कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको बिहीबार बसेको एकल इजलासले मिश्र र झालाई अवकाश दिने नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने विषयमा सुनुवाई गर्न क्रमशः साउन २ र ३ गते दुबै पक्षलाई बोलाइएको छ । यही साउन २ गते र झाको रिटमा अन्तरिम आदेश दिने/नदिने विषयमा सुनुवाई गर्न श्रावण ३ गतेको समय पनि आदेशमा तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवहरुको प्रस्तुतिकरणपछि बुधबार राती उनले सो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बुधबार उनले कृषिमा आधुनिकीकरण, अग्र्यानिक उत्पादन, जलविद्युत आयोजनाको शीघ्र…

Read More

चितवन: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताए । मुद्दाको अर्काे पक्षले के गर्छ भन्ने उनीहरुकै कुरा भएको भन्दै उनले भने, “योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।” फरक प्रसंगमा उनले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भने, “एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।” प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै…

Read More

काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा हालसम्म तीन जनाको ज्यान गएको छ भने करोडौंको धनमालमा क्षेती पुर्याएको छ । हेर्नुहोस १४ तस्बिरमा बाढीले भक्तपुर र काभ्रेवासी दिएको दु:ख । तस्बिर: रासस

Read More

काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा खासै मानवीय क्षेती नगराए पनि करोडौंको धनमालमा क्षेती पुर्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजाराँै बासिन्दा बिचल्लीमा परेका छन् । राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो । डुबानबाट अथाह क्षति हनुमन्तेको बाढी…

Read More

काठमाडौँ: मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५…

Read More