Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल राष्ट्र बैंक्ले आज सोमबार सार्वजनिक बिदा भए पनि अत्यवावश्यक बैंकिङ सेवा भने नरोक्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सोमबार नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिब बिदा दिने दिएको छ । सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्था बन्द रहन्छ । तर, राष्ट्र बैंकले सोमबार अत्यवश्यक बैंकिङ सेवा भने नरोक्न निर्देशन दिएको हो । ‘नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १० बजेदेखि अपराहृन १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकको सुचनामा भनिएको छ । त्यस बाहेकका अन्य बैंकिङ सेवा…

Read More

काठमाडौं: सरकारले चालू आर्थिक वर्षको बजेटको आकार १४ प्रतिशतले घटाएको छ । चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने जानकारी प्रतिनिधि सभामा दिएको छ । आइतबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सन्तुलन कायम गर्न सरकारी खर्च घटाउने कठोर कदम चाल्नु परेको बताए ।‘निर्वाचनपछि विकास खर्च बढाउनु पर्ने जनचाहना छ,’संसदमा मन्त्री पौडेलले भने,‘तर, लक्ष्यअनुसार राजस्व संकलन नभएकाले वित्तीय संन्तुलन कायम गर्न खर्च कटौति गर्नु परेको छ ।’ मन्त्री पौडेले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धि नहुने जानकारी दिए । सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशतले आर्थिक वृद्धि…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र समृद्धिको नयाँ यात्राका अग्रसर रहेको र त्यसमा सफलता हासिल गर्नैपर्ने बताए । सरकारको प्राथमिकताहरू न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संसद्मा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्वका साथ समावेश गरेको उल्लेख गरे । उनले अब परम्परागत रुपले मुलुकको आर्थिक विकास र समृद्धिको चाहना पूरा नहुने भएकाले त्यसमा ‘रेडिकल रिफर्म’ तिर जानुपर्छ भन्नेमा जोड…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ । परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले गरेको अपेक्षाअनुसार मौद्रिक नीतिका व्यवस्थाहरु आउन नसकेको बताएको हो । ‘निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदर आदिका कारण बजार अपेक्षित चलायमान हुन नसकी उद्योगी व्यवसायीको आत्मबल कमजोर भएको समयमा राष्ट्र बैंकबाट ब्याजदरमा कमी ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीति आउने सबैको अपेक्षा थियो । अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरूप उच्च गर्न नसकेको हामीले महशुस गरेका छौंँ’, विज्ञप्तिमा भनिएको छ । यद्यपि, मौद्रिक नीतिको…

Read More

काठमाडौँ: उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने बताएका छन् । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै उपप्रधानमन्त्री पौडेलले उत्पादनमूलक उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा लक्ष्य अनुसारको आर्थिक वृद्धि हासिल नहुने बताएका हुन् । व्यवस्थापिका संसदमा बोल्दै उपप्रधानमन्त्री पौडेलले कोभिड–१९ महामारीको समयमा अर्थतन्त्रलाई चलायमान बनाउन लिइएका कतिपय अल्पकालीन उपायहरुको समीक्षा नहुनु तथा आवश्यकता अनुसार परिमार्जन गर्न नसक्दा अर्थतन्त्रमा समस्या थपिँदै गएको बताए । विश्वव्यापी रुपमा सिर्जित आपुर्तिजन्य अवरोध तथा ठूला अर्थतन्त्रले लिएका कसिला नीतिहरूको प्रभावका कारण हाम्रो आर्थिक पुनरुत्थानको प्रयासमा चुनौती थपिएको उनको भनाइ छ । सार्वजनिक खर्चतर्फ अनिवार्य दायित्वका शीर्षकहरूमा छुट्याइएको बजेट…

Read More

दाङ: लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री गिरीले…

Read More

काठमाडौं:देशक विभिन्न स्थानमा आज पनि मौसममा बदली भएको छ । प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ। सोमबार र मंगलबार भने मौसम बदली भए पनि वर्षा र…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य उपाचारको नियमित काममा जुट्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक सङ्घप्रति ध्यानाकर्षण भएको पनि बताए । मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्नेवरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित घटनाको छानविन भइरहेको जनाएको छ । उक्त घटनको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने नेपाल चिकित्सक संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति भने सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। हुस्सु…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन्। राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन्। शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन्। राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरूको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गरिन्। उनले भनिन्, ‘संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरू पनि हामीले पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी छ। हामीले जुन सोचका…

Read More