Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए ।

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको कात्तिक महिनामा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले सकारात्मक रहेको छ । यो गत असोज महिनाको तुलनामा ८ अर्बले बढेको हो । असोजमा देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड सकारात्मक रहेको थियो । विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थालेपछि सकारले गत बैशाख देखि केही वस्तुहरूको आयातमा प्रतिबन्ध गरेको थियो । त्यसका साथै राष्ट्र बैंकले ब्याजदर बढाउने र कर्जा लगानीमा नियन्त्रण गरेसंगै त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा देखिएको हो । चालु आवको कात्तिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २२० अर्ब ९१ करोड रहेको थियो…

Read More

काठमाडौँ: चालु आर्थि वर्षको पहिलो चार महिनाको अवधि अर्थात साउन, भदौ, असोज र कात्तिकमा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको यसै अवधिको तुलनामा झण्डै २०.४ प्रतिशतले धेरै हो । नेपाल राष्ट्र बैंकका अनुसार रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ कात्तिकमा ९७ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । जुन असोजको तुलनामा ३ अर्ब बढी हो । असोजमा महिनामा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको…

Read More

काठमाडौँ, २९ मङ्सिर:ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समितिको कार्यालयले जनाएको छ । यसअघि माग दाबी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टकोसमेत गरी रु १० अर्ब भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेन्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो । सरकारले समस्याग्रस्त घोषणा गरेपछि एउटा पत्रमात्र पठाएर…

Read More

काठमाडौं: सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। बुधबार तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको सुन बिहीबार पुन: घटेको हो । नेपाल सुन चाँदी व्यवसायL महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ३ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला एक लाख एक हजार रुपैयाँ थियो। चाँदीको मूल्य बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँ कायम छ। अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँ घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

Read More

काठमाडौँ: तराई÷मधेसमा बाक्लो हुस्सु÷कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु÷कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गर्नुभयो । भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । “तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ । केही विमानस्थल १२ बजेपछि खुल्छन्की भन्ने प्रतिक्षामा छौँ । उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा…

Read More

भजनी: कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुग्नुभएको हो । धान बिक्रीका लागि आउनुभएका उहाँ रातभर त्यहीँ बस्नुभयो । लाइनमा बस्नुभएका गर्भुको बुधबार पनि पालो आएन । “दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।” उहाँले भन्नुभयो, “असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ ।” रासस टीकापुर नगरपालिका–१ का रामचरण चौधरी बुधबार मात्रै ट्र्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुग्नुभएको…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावासले उहाँकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ । जापानी सम्राट मेइजिले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेले ग्रहण गर्नुहुनेछ । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स हुनुहुन्थ्यो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध…

Read More

काठमाडौँ: विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन्। १९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो। अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। १९९० र…

Read More