काठमाडौं: सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। बुधबार तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको सुन बिहीबार पुन: घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायL महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ३ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला एक लाख एक हजार रुपैयाँ थियो।
चाँदीको मूल्य बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँ कायम छ। अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँ घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १७९१.३६ डलर छ। चाँदी प्रतिऔंस २३.१५ डलरमा कारोबार भइरहेको छ।

