Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन: नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, ‘मतदानपछि प्रिन्ट गर्याे भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ ।’ विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५…
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ । अदालतको आधिकारिक वेबसाइटमा बन्दी प्रत्यक्षीकरणको तोकिएका सबै ९ वटै इजलासमा सुनुवाइ जारी छ। जबराले दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भर प्रसाद श्रेष्ठ र टंक बहादुर मोक्तान, सपना प्रधान मल्ल र बम कुमार श्रेष्ठ तथा कुमार चुडाल, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको एकल इजलास तोकेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दा…
काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सय रुपैयाँले घटेर ९११ हजारमा आइपुगेको छ। चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १२२५ मा आइपुगेको छ।
संखुवासभा::अर्थमन्त्री जनार्दन शर्मालले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा कुनै शंका नरहेको बताए । उनले अहिलको सरकार जनताबाटै निर्वाचित प्रतिनिधिहरुको सरकार भएकोले पूर्ण कार्यकालसम्म रहने विश्वास व्यक्त गरे । ‘अहिलेको सरकार प्रतिगनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकाल चल्छ’ मन्त्री शर्माले भने ‘गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकोले सरकार ढल्ने कुरा निराधार हो ।’ प्रतिगमनकारी शक्तिले संसद भंग गरेर केही समय देशमा अस्थिरता सिर्जना गरेको उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख शर्माले…
काठमाडौँ: स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले युईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ । मंगलबार राति इटालीयन क्लब एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै युनाइटेडलाई हारबाट उद्धार गरेका हुन् । रोनाल्डोको गोलसँगै इटलीमा भएको खेलमा २–२ को बराबरी खेल्दै दुबै टोलीले एक-एक अंक बाँडेका छन् । घरेलु टोली एटलान्टाका जोसिप इलिकिकले खेलको १२ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–१ को स्थितिमा ल्याए । यसपछि ५६ मिनेटमा डुभान जापाटाले गोल गर्दे पुनः एटलान्टालाई २–१ को अग्रता बनाए । तर…
काठमाडौँ: तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज (बुधबार) इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ। आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ। काग…
काठमाडौं: चितवनको भरतपुर महानगरपालिकास्थिति १३२÷११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ । प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर वदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले रातभरी मर्मतको काम गरिने उल्लेख गर्नुभयो ।
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ । जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
कर्णाली: कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले नेकपा माओवादी केन्द्र, नेकपा…
काठमाडौँ: नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्षको तिहारमा उपभोक्तालाई निर्धक्क साथ विद्युतीय बत्ति (झिलिमिली) बाल्न कुनै समस्या नपर्ने बताएका छन् । मंगलबार आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा लागि आवश्यक विद्युत प्रयाप्त रहेको बताउँदै लोडसेडिङ नहुने तथा विद्युतीय सामाग्रीहरुको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका हुन् । आजबाट तिहारको बाक्लो चहलपहल सुरुभएसंगै तिहारमा लोडसेडिङ हुन्छ कि भन्ने आंशकालाई चिर्दै उनले भने, “केही ठाउँहरुबाट तिहारमा त लोडसेडिङ हुन्छ कि भन्ने हल्ला पनि मैले सुने । लोडसेडिङ गर्नुपर्ने, बत्ति काट्नुपर्ने कुनै अवस्था नै आउँदैन । निर्धक्कका साथ उपभोक्ताले झिलिमिलि बाल्दा हुन्छ” कुलमान घिसिङले दशैं तिहार र छठको समयमा…
