काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा आइपुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सय रुपैयाँले घटेर ९११ हजारमा आइपुगेको छ। चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १२२५ मा आइपुगेको छ।
Facebook Comments Box