Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ । त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५…
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन् ।
काठमाडौँ: बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् । अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन् । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन् । सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन् । केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई…
काठमाडौँ: पछिल्ला केहि दिन यता शेयर बजार परिसूचक नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि शेयर बजारले सकारात्मक लय समातेको छ। अल्पकालिन कारोबारीहरु सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि द्धिर्घकालिन लगानीकर्ताहरु हाबी हुँदै गएपछि बजारको वृद्धि जारी छ । गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ । बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताए । बुधबार नेप्से सूचक १८.०६ अंकले बढेको छ । यसदिन ६…
काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् । योसँगै बागमती प्रदेशमा अब…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्ने बताएका छन् । उनले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताए । नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतका बारे कुनै टिप्पणी नगर्ने र आएको समस्या अदालतले नै हल गर्ने बताए । उनले भने, ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’ उनले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए । गजेन्द्र हमाल कांग्रेसकै नेता भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले उनले राजीनामा दिइसकेकाले यो विषयमा टुंगिसकेको बताए। प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका…
एजेन्सी: संयुक्त राष्ट्रसंघले अहिले विश्वभरका मुलुकले गरेको वाचा अनुसार यो शताब्दीमा पृथ्वीको औसत तापक्रम २.७ डिग्री सेल्सियस बढ्न सक्ने बताएको छ। जलवायु सम्मेलन सुरु हुनुभन्दा केही दिनअघि राष्ट्रसंघको वातावरण कार्यक्रम –यूएनईपी)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा मुलुकहरुले निकै कमजोर वाचा गर्ने तर पूरा नगर्ने गरेको उल्लेख छ। जी२० का मुलुकले समग्र कार्बन उत्सर्जनको ७८ प्रतिशतको हिस्सा ओगट्ने र उनीहरुले यसअघि गरेको वाचा पनि पूरा नगर्ने पाइएको यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले बताए। कार्बन उत्सर्जन कमी गर्नु सबैको जिम्मेवारी भए पनि विकसित मुलुकको जिम्मेवारी विशेष हुने एन्डरसनको भनाइ छ। एन्डरसनका अनुसार अधिकांश मुलुकले यसअघि गरेका वाचाअनुसारको लक्ष्य…
काठमाडौँ: कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ। मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो। मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले विदेशबाट श्रमिक ल्याउन इच्छुक जो रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने बताए। उनले भने, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्चसमेत जोडिएको छ।’ काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लाने बाटो खुलाइएको जानकारी दिएको छ। कोरोना महामारी सुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लान बन्द गरेको थियो। अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नुपर्नेछ। यस्तै…
काठमाडौँ: लगानी बोर्डको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ बीच नेपालमा विदेशी लगानी आकर्षित गर्न संयुक्त रुपमा लगानी प्रवर्द्धनको कार्य गर्न दुई निकायवीच समझदारी भएको छ। महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा आज सम्पन्न तेस्रो बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले सो सम्बन्धमा प्रतिवद्दता व्यक्त गरेका हुन्। “नेपालमा गुणस्तरीय लगानी भित्र्याई नेपाल सरकारले लिएको समृद्ध नेपाल र सुखि नेपालीको आकांक्षालाई संयुक्त रुपमा पुरा गर्ने दायित्व नेपाल सरकार र निजी क्षेत्रको हो । यसका लागि लगानी बोर्ड कार्यालय निजी क्षेत्रसँग सहकार्य र समझदारी गर्न तयार छ,“ बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले…
काठमाडौँ; टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगको शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् । जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ । दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ । मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा…
