Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) देशभर एकसाथ वडा अधिवेशन हुँदैछन्। वडा अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेकाे एमालेले जनाएकाे छ। इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गर्ने तयारी छ। एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी/पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक राख्दै छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेले दसाैँ महाधिवेशन…

Read More

काठमाडौँ: हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले छ । आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै औद्योगीकीकरणलाई प्रवद्र्धन हुने नीतिगत व्यवस्था गर्ने बताए । वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा परिसंघले शुक्रबार गभर्नर अधिकारीलाई भेटेको थियो । भेटमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको बताए । उनले हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि उल्लेख गरे । यसबाट लगानीको ब्याजदर स्थिर हुने…

Read More

काठमाडौं: बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पुर्‍याएको छ । क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्‍याएको मन्त्रालयले जनाएको छ । ‘तीन वटा प्रदेशका एक लाख ९८ हजार ५२१ हेक्टर…

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका हुन् स्रोतले पहिलोक्लिकलाई जानकारी दियो ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमित ९ लाख २ हजार १ जनामध्ये ७ लाख ८५ हजार ८१३ जना निको भएका छन् भने कुल ११ हजार ३३७ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९७.२ प्रतिशत रहेको छ ।

Read More

सुर्खेत: कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो । अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन् । विपद व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोलगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना बीमाबाट प्राप्त हुने दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र विपदमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिइन् ।…

Read More

धनगढी:सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए । बिहीबार मात्र वाग्मती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो । सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश सभामा माओवादी दोस्रो दल हो । तर, पहिलो दल नेकपा एकीकृत समाजवादी र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् । एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी…

Read More

काठमाडौँ: नेपालले भैरहवा विमानस्थल समयमै निर्माणसम्पन्न गर्न नसक्दा भारतलाई फाइदा हुने भएको छ। भारतले लुम्बिनीपारि कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै लुम्बिनी आउने पर्यटकले भारतीय मार्ग प्रयोग गर्ने देखिएकाे हाे। अहिलेकै अवस्थामा पनि लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन्। यस्तोमा भारतले लुम्बिनीबाट १३३ किमि दूरीमा विमानस्थल बनाएपछि यो संख्या झनै बढ्ने देखिएको हो। भारतमा आएका विदेशी पर्यटक लुम्बिनीमा १ दिनको लागि मात्रै आउने गरेका थिए। जसले नेपालले प्रत्यक्ष रुपमा फाइदा लिन नसकेको पर्यटन व्यवसायीले बताउँदै आएका छन्। बौद्ध धर्मावलम्बीहरुको लागि निकै महत्वपूर्ण हुने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कुशीनगर विमानस्थल उद्घाटन गरेका थिए। ‘कुशीनगर…

Read More

एजेन्सी: भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः बृद्धि हुन थालेको सरकारी अधिकारीहरुले जनाएका छन्। बुधबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित फेला परेका थिए। बिहीबार त्योभन्दा चार हजार बढीमा संक्रमण पुष्टि भएको छ। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन्। सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एकैदिन नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा…

Read More