Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म 20 जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।

Read More

काठमाडौँ: भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा काठमाडौँसहित देशका विभिन्न सहरहरूका सडकमा जेन जीहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा प्रहरीको गोली लागेर २० जनाको ज्यान गइसकेको छ। काठमाडौँमा १८ र इटहरीमा २ जनाको ज्यान गएको हो। काठमाडौँको ट्रमा सेन्ट्रम ७ जनाको मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ।…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन,’ बैठकले गरेको निर्णयबारे प्रवक्ता प्रकाश ज्वालाले भने ‘प्रधानमन्त्री र गृहमन्त्री दुवैले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो।’ सोमबारको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्। एकीकृत समाजवादी बैठकले बन्द भएका सामाजिक सञ्जालका प्लेटफर्महरू तत्काल खोल्न पनि माग गरेको छ। ‘सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौं,’ एकीकृत समाजवादीले भनेको छ, ‘नवयुवाहरू (जेन जी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको…

Read More

इटहरी: जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा पनि दुई जनाको ज्यान गएको छ ।प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाको मृत्यु भएको हो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।सुनसरीको इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीले आगो लगाएपछि प्रहरीले गोली प्रहार गरेका थियो । प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ।

Read More

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोग युवाहरूको प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्ने औंल्याएको हो। उसले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नुलाई ‘दु:खद’ भन्ने बाहेक अरु टिप्पणी गरेको छैन। प्रदर्शनपूर्व उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन र प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न सुझाव दिएको मानव अधिकार आयोग आन्दोलनको दमनका विषयमा थप टिप्पणी गर्नुभन्दा ‘मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन’ केन्द्रित बनेको छ। आन्दोलनको पूर्वसंकेत पाइसकेको आयोग जनज्यानको क्षति हुने घटना भइसकेपछि समेत मौन थियो। प्रदर्शन…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक जारी छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकले जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार बिहानै सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराउन भनेका थिए।

Read More

काठमाडौँ: सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जेनजीका नाममा अराजकतावादी र प्रतिगमनकारीको घुसपैठ भएको टिप्पणी गरेका छन्। सोमबार अपराह्न सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरूङले एजेन्डाभन्दा बाहिर गएर संवेदनशील क्षेत्रमा प्रदर्शन र आगजनी हुन पुगेको बताए। ‘जेनजीको माग भ्रष्टाचारको छानबिन र सामाजिक सञ्जाल पुन: सञ्चालन थियो, तर संसद भवन र सिंहदरबारजस्ता प्रमुख सरकारी केन्द्रमा आगजनी र आक्रमण गरियो,’ उनले भने, ‘त्यसपछि दु:खद घटना हुन पुग्यो।’ उनले प्रदर्शनमा धेरै जनाको मृत्यु हुनु दु:खद भएको बताए। ‘सत्ता कब्जा गर्ने नियतले यो प्रदर्शनमा प्रतिगामी र अराजकतावादीको घुसपैठ भयो,’ उनले भने, ‘थप कुरा गृहमन्त्रीजीले पनि भन्नुहोला, आज साँझ मन्त्रिपरिषद बैठक…

Read More

काठमाडौँ: काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन क्रममा घाइते भएर ट्रमा सेन्टर लगिएका थप दुई जनाको मृत्यु भएको छ। त्यस्तै, टिचिङ अस्पतालमा उपचाररत एक जना घाइतेको पनि मृत्यु भएको छ। योसँगै ट्रमा सेन्टरमा मात्र मृत्यु हुनेको संख्या ६ पुगेको उक्त अस्पतालका एक डाक्टरले जानकारी दिए। ‘अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ। घाइतेहरू कति छन् कस्तो अवस्थामा छन्, केही निर्क्यौल गर्न सकिएको छैन,’ उनले भने, ‘अस्पतालभित्र पनि कोलाहलको स्थिति छ।’ योसँगै जेनजी आन्दोलनपछि ज्यान गुमाउनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, टिचिङ र केएमसी अस्पतालमा एक-एक जनाको मृत्यु भइसकेको छ।

Read More

काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी हुने स्थानहरू थप गरेको छ। जेनजीको आन्दोलबाट बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले यसअघि त्यस क्षेत्र आसपास मात्रै कर्फ्यु आदेश जारी भएको थियो। आन्दोलन थप उग्र बन्दै गएपछि प्रशासनल सि‌ंहदरबार क्षेत्र, राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको हो।

Read More

काठमाडौं । जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो । जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

Read More