Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ ।अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको जनाएको छ । निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेको हो । निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको जनाउँदै वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार…

Read More

काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने भएको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । बैठकले एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । कार्यविधिमा ९९ सम्मका घरपरिवारको एकीकृत बस्तीमा पूर्वाधारको काम गर्न योजना स्वीकृत भएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत स्थानीय तहलाई शर्तसहित अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यविधिमा भूकम्पपीडित परिवारका लागि प्राथमिकताका आधारमा एकीकृत बस्तीको विकास गरिने वा गर्न दिइने उल्लेख छ जसमा जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राही, जोखिम वर्गमा पर्ने लाभग्राही, भूमिहीन लाभग्राही, गुनासोबाट सम्बोधन कायम भई…

Read More

पर्सा : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यकता हो ।” उनले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे । नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप…

Read More

मेलम्ची: सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको हो । आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता गरे पनि हालसम्म आयोजनाले कुनै काम नगरेकाले उजुरी दिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । नगरप्रमुख शेर्पासहितको टोलीले आयोजनाका निर्देशक मणिराम काफ्ले, कम्पनी सचिव टोमलाल सुवेदी, प्रमुख सुनिलकुमार लामा र डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ । नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते बस्ने तय भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेविसङ्घको वर्तमान कार्यसमितिको समयावधि गत भदौमा समाप्त भएर तीन महीना थप गरिएको समय पनि आगामी मङ्सिर २ गते सकिँदैछ । दुईवर्षे कार्यकालका लागि सङ्घको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो । बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ । यसबाहेक पार्टीको विधान…

Read More

काठमाडौँ; नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी रहेका छन् । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए । वन्यजन्ुतको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित मित्रनगरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको थियो । बरामद गरिएको छाला चितुवा प्रजातिको जस्तो देखिए पनि यकिन नभएको बताइएको छ ।

Read More

काठमाडौँ: कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य २०० रुपैयाँ माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ । कुनै समय जलविद्युत् कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकषर््ाणको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर…

Read More

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका कार्यालयलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा बेजुरु शून्यमा झार्ने लक्ष्यका साथ कार्य गर्न निर्देशन दिएको छ । मन्त्रालयले चालु आव २०७५÷७६ को बेरुजु फछ्र्यौट, कार्ययोजना र मार्गदर्शन आफ्नो मातहतका कार्यालयलाई जारी गर्दै आव २०७४÷७५ सम्मको शत्प्रतिशत बेरुजु फछ्र्यौट गरी शून्य कायम गराउने निर्देशन दिएको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । मन्त्रालयले चालु आवको अन्त्यसम्ममा आव २०५९÷६० देखि आव २०७४÷७५ सम्मको बेरुजु रकम शून्यमा झार्ने निर्देशन दिएको हो । नयाँ बेरुजुलाई शून्यमा झार्नुपर्ने र पुराना बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ निर्देशन दिएको उहाँले बताउनुभयो । बेरुजु रकम शून्यमा झार्ने योजनाअनुसार मन्त्रालयले यही…

Read More

काठमाडौँ: दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान सिसडोलबाट दुई किलोमिटर पर बञ्चरेडाँडामा रहेको छ । उक्त केन्द्र निर्माणका लागि अहिले बाटो विस्तारको काम भइरहेको छ । काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ जसमा सबैभन्दा बढी कामपाबाट…

Read More

काठमाडौँ: नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स…

Read More