Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बर्दिवास: श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि आइतबार नै…

Read More

काठमाडौँ: प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनिहरु नियुक्त भएको जानकारी दिए । हरेक साता सञ्चार भेटघाट गरिने यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको छ । प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्र्रिया हुनेगरी तयारी भएको जानकारी दिए । उक्त अन्तक्र्रिया सम्भवतः हरेक बिहीबार हुनेछ । उनले भने, “सरकारले…

Read More

काठमाडौँ: नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ । मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती , उधौली पर्व, योमरी…

Read More

लहान: सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले अतए । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको…

Read More

काठमाडौँ : सरकारले ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको छ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ । मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा कामकाजका लागि तोकिएको हो । आयोगद्वारा खटाइएका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र…

Read More

काठमाडौँ :नेपाल राष्ट्र बैंकले ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल र १८२ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री आज जारी गर्न लागेको हो । जम्मा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । २८ दिने अवधिको ट्रेजरी बिल मंसिर २५ गते, ९१ दिने अवधिको…

Read More

बेत्रावती: नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ । बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पु¥याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो ।…

Read More

कावासोती: पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उनले जानकारी दिए । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उहाँको भनाई थियोे । घाइते…

Read More

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ । उनी प्रबुद्ध समूहका एक सदस्यसमेत थिए । सरकारले यसअघि निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको थियो । आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीको नाम हटाएर आचार्यको नाम सिफारिस गरेको हो । यस अघि भारतका लागि नेपाली राजदूत रहेका दीपकुमार उपाध्याय थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्न राजीनामा दिएपछि राजदूत पद रिक्त थियो । त्यस्तै सरकारले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले कर्मचारी समायोजन ऐनको अध्यादेश बारे छलफल गरे पनि…

Read More

काठमाडौं :तपाईं सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन ? अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ। सार्वजनिक पदधारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदैछ। मासिक रूपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए। जेष्ठ नागरिकको स्वास्थ्य, लालनपालन तथा भविष्य सुनिश्चित गर्न यस्तो प्रावधान राखिएको राईले जिकिर गरे। ‘आर्थिक कारणले नै ज्येष्ठ नागरिकको जीवन दयनीय बन्ने गरेकाले परिवारका सदस्यलाई लालनपालनमा जिम्मेवार बनाउन खोजिएको हो,’ उनले भने। सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन,…

Read More