Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
टोरन्टो: ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने। गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो। गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ। दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ। दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५:४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ। संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो आँैल्याउनुभएको छ । नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा आज उहाँले अधिकांश नगरपालिका अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र अर्काेतिर सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब राजधानी सहर काठमाडौँदेखि मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ । साथै, सहरलाई आर्थिक विकासको केन्द्रको रूपमासमेत विकास गर्नुपर्ने खाँचो छ । यस…
काठमाडौँ: प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ ।
काठमाडौँ: नेपाल बीमा प्राधिकरणले पुनर्बीमक कम्पनीलाई ११ वटा क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले लगानी निर्देशन नै जारी गरी कम्पनीले लगानी गर्ने सीमा समेत तोकी दिएको हो । पुनर्बीमक कम्पनीले सहायक कम्पनीमा पनि लगानी गर्न सक्नेछ । धितोपत्र सम्बन्धी कानुन बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पब्लिक कम्पनीमा लगानी गर्न सक्नेछ । त्यस्तै, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य र लगानी कम्पनीमा लगानी गर्न पाउनेछन् । घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तिमा प्रत्येक तीन वर्षमा मूल्याङ्कन गर्नुपर्नेछ । लगानी गर्नुपूर्व प्राधिकरणबाट अनुमति लिनुपर्नेछ । लगानी गर्नुपूर्व…
काठमाडौँ: नेपाल र श्रीलंकाबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलंकाली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलंकाबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन कूटनीतिज्ञहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गरे। कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बुढानीलकण्ठस्थित एक होटलमा बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका छन् । उनकाअनुसार यसअघि प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। प्रमुख सचेतक, सचेतक चयन गर्न बाँकी रहेको छ। स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको प्रधानमन्त्री को बन्ने भन्ने टुंगिनसकेको बताएका छन् । सोमबार चितवनमामा पत्रकारसँग अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।’ त्यसक्रममा उनले प्रधानमन्त्रीका लागि सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । ‘मैले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन’,। राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिइसकेकाले सोही समयावधिभित्र गठबन्धनकै सरकार बन्ने तर कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे छलफल चलिराखेको सुनाए । अध्यक्ष प्रचण्डले थपे, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वाभाविक हो तर…
काठमाडौँ: विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ। सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश…