Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धनुषा:प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए । कार्यकर्ताहरुले…
काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ६०.५६ अंक बढेर बन्द भएको नेप्से, यस दिन १४.७० अंक घटेर २५५६.९५ विन्दुमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनमा १४६.८४ अंक घटेको नेप्से, बुधबार साढे ६० अंक बढेको थियो। बैंकहरुको ब्याजदर घट्ने अपेक्षासहित बजारमा केही सुधार देखिएको थियो। यद्यपि, सो सुधार भने टिक्न सकेन। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ। यस दिन २१६ कम्पनीको ३६ हजार ७६२ पटकको कारोबारमा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको ६१…
काठमाडौं:अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो । ‘अब दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमश ः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’ प्रदेश नं १का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम,…
काठमाडौँ: सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते बिहीबार (आज) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ।
काठमाडौँ: वाग्मतती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि राखेको प्रस्तावको टुंगो आज लाग्दैछ । नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले गत अजोस २४ गते विश्वासको मतका लागि प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव आज अपराह्न ४ बजे वाग्मती प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । १०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । भदौ २ मा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना कम छ । तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ । प्रदेशमा ५६ सांसद रहेको एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ । एमालेबाट विभाजित…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री भएको ३ महिनापछि देउवा पहिलो पटक सुदूरपश्चिम र गृहजिल्ला पुग्दैछन् । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर वलायर पनि सहभागी छन् ।
काठमाडौँ: मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६/६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १/१ जनाको ज्यान गएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए । मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम–४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा…
काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको बताए। एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको छ। राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ। एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ।
काठमाडौँ: देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी केही दिनदेखि जारी वर्षा आज (बिहीबार) देखि रोकिएको र मौसम सुधार भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको छ। ‘आजदेखि मौसममा सुधार आइसकेको छ। हिजो (बुधबार) रातिदेखि धेरै ठाउँमा पानी पर्न रोकिइसकेको अवस्था छ। हिजो अस्ति ठूलो वर्षा गराउने प्रणाली बाहिरिसकेकाे छ’, माैसमविद् पाैडेलले बिहीबार भने ‘यद्यपि त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’ उनका अनुसार आज धेरै स्थानमा घाम लाग्ने सम्भावना छ। हेर्नुहोस् तीन…
