Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताउनुभयो । “अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छाँै”, उहाँले भन्नुभयो, “त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको छ…

Read More

काठमाडौं: राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपमा खट्न उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकमा दुवै मन्त्री उपस्थिति भए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो । बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनका हिसावले नेपाल अहिले चूनौतिपूर्ण घडीमा रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी अनुरुपको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न समेत निर्देशन दिए । राजस्व संकलनमा तुरुन्तै…

Read More

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेस्ठले जानकारी दिए। ‘सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय’ भएको उनले बताए। हाल राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको छ। तर, सरकारमा सहभागी भएको छैन।

Read More

काठमाडौं: पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रुपमा चलिरहेको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो । प्राधिकरणले गत कात्तिकमा आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसंग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफु जानकार रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले भने, ‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्या लगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पुर्ण ध्यान केन्द्रित भएको छ, ।’ रुस–युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापी रुपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाई छ । बर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको…

Read More

सिन्धुली: हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको छ । हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण…

Read More

काठमाडौँ: केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को तहमा बुझ्ने गरेका छन् । सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले थप दुई जलविद्युत आयोजनाको विद्युत भारत निर्यातका लागि अनुमति पाएको छ। काबेली बी-१ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४ मेगावाट)को विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनका अनुसार यो संगै अब नेपालले भारतीय प्रतिस्पर्धी बजारमा १० वटा जलविद्युत आयोजनाको विद्युत बिक्रीका लागि अनुमति पाएको छ। जसको कुल क्षमता ४५२.६ मेगावाट हुनेछ। अर्थात आगामी बर्खामा प्राधिकरणले ४५२.६ मेगावाट विद्युत भारतीय बजारमा बिक्री गर्नेछ। अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित भएका कारण हिउदमा आयात गर्नुपर्ने र बर्खामा सरप्लस हुने अवस्था छ। गर्मीका कारण बर्खामा भारतमा विद्युतको माग बढ्छ। सोही कारण प्राधिकरणले भारतीय…

Read More

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग नेपाल उद्योग परिसंघले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिनुहुँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिनुभयो । परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको Rebooting Nepalese Economy अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा…

Read More

काठमाडौँ: : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज विहान उहांको निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिनुभयो । प्रधानमन्त्रीज्यू आफै पनि मुलुुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका वारेमा जानकार हुनुहुुन्छ र महासंघले पनि प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको उहांले सो अवसरमा स्मरण गराउनुु भयो । अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सवैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपू“जी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै…

Read More