Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन्। बिहीबार बिहान विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट त्रसित भएर बनेको काग्रेस-एमालेको सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटको रुप लिएको उनको भनाई छ। १० बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका पूर्वप्रधानमन्त्री प्रचण्डले जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा हुनुपर्नेमा पनि जोड दिएका छन्। त्यसका लागि रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको उनले सराहना पनि…

Read More

काठमाडौँ:रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएको जानकारीअनुसार बिहीबार बिहान कैदीबन्दी भाग्न खोजेपछि गोली चलाउनुपरेको हो। ‘गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ’, प्रमुख जिल्ला अधिकारीले नेपालखबरसँग भने उनीहरूको परिचय अहिले खुलिसकेको छैन।’

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै काठमाडौँका मेयर बालेन्द्र साहले जेन्जीले गरेको आन्दोलनबाट प्राप्त भएको सफलताका कारण उनीहरुको माग बमोजिम अबिलम्ब संसदको विघटन र अन्तरिम सरकार घोषणा गर्न माग गरेका छन् ।मेयर बलेनको पोस्ट:प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको…

Read More

काठमाडौँ: जेनजी आन्दोलनका कारण निर्वाचित सरकार विस्थापित भएपछि नागरिक सरकारको कसरत सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सरोकारवाला सबैपक्षसँग सघन छलफल गरिरहेका छन्। मंगलबार रातिबाट प्रधानसेनापति सिग्देलले थालेको छलफल जारी छ। यसबीचमा आन्दोलनको मुख्य शक्ति जेनजी समूहहरूबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्नु पर्ने प्रस्ताव सशक्त रुपमा आएको छ। जेनजी विभिन्न समूहमा छरिएका भए पनि कार्कीका पक्षमा एकमतजस्तै देखिएका छन्। उनीहरूले सामूहिक रूपमा आफ्नो एजेन्डासहित कार्कीलाई अनुरोधपत्र पनि दिएका छन्। विभिन्न चरणका छलफल र वार्ताहरूमा सहभागी स्रोतहरूका अनुसार, जेनजीबाट पत्याइएका व्यक्ति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सुशीला कार्कीका नाममा…

Read More

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस,…

Read More

काठमाडौँ: जेन्जी आन्दोलन पछि सम्पूर्ण सुरक्षा जिम्मा हातमा लिएको नेपाली सेनाले काठमाडौँ उपत्यकामा जनजीवन केहि सामान्य हुँदै गएको भन्दै फरक फरक समय निर्धारण गर्दै निषेधाज्ञा र कर्फ्यू आदेश विहिबार र शुक्रबारका लागि जारी गरेको छ। विहीबारका लागि सेनाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र बेलुका ७ बजेदेखि २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको बियाप्तिमा भनिएको छ ।यस्तै अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि बिहान १० बजेसम्म सबै नागरिक हिंड डुल गर्न सक्ने र साँझ ५ देखि ७ बजेसम्म पनि सबै जनता हिड्न सकिने जनाइएको छ।तर अत्यावश्यक सेवा जस्तै यम्बुलेंस, तरकारी, दुध जस्ता बोकेका सवारी…

Read More

काठमाडौँ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ। समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो। यसअघि सोमबार र मंगलबार जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। सो आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने जेनजीहरुले अन्तरिम सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। तर, अन्तरिम सरकारको नेतृत्वको विषयमा बुधबार साँझसम्म सहमति जुट्न सकेको छैन। Shivam Cementयस्तै परिस्थितिमा ‘सेभ द कन्स्टिट्युशन’ समूहले संविधान जोगाउन भन्दै माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्न लागेका हुन्।

Read More

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले मुलुकमा परिवर्तनको नयाँ सङ्केत दिएको भन्दै १० जना अग्रणी व्यक्तिहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा आन्दोलनले सम्पत्ति, शक्ति र अवसरको असमान वितरणकै कारण असफल राष्ट्रतर्फ धकेल्ने खतरालाई उजागर गरेको उल्लेख छ। संयुक्त वक्तव्यमा भनिएको छ, “नेपाली जनताले शताब्दीयौँ लामो सङ्घर्षपछि संविधानसभाबाट प्राप्त संविधानले सुनिश्चित गरेको लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र धर्मनिरपेक्षतासहितका अधिकारहरूलाई पछाडि फर्काउने कुनै पनि प्रयास अस्वीकार्य छ।” वक्तव्यमा मुलुकमा देखिएका खोट, विकृति र समस्याहरूको समाधानका लागि दलभित्र आमूल परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालिएको छ। साथै, विगतका कमजोरीप्रति गम्भीर आत्मालोचना गर्दै राज्यको प्रगतिशील रूपान्तरण र जनताको आकांक्षा अनुसारको…

Read More

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनमा परी हालसम्म ३० जनाको मृत्यु भएको जनाएको छ । यसैगरी एक हजारभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना,…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘जेन-जी’ पुस्ताले ल्याएको आन्दोलनलाई समर्थन गर्दै अब देशलाई अन्तरिम सरकारको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् । शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि गरिएको प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन्। शाहले आफ्नो फेसबुक पोस्टमार्फत जेन-जी पुस्ताको सुझबुझ, विवेक र एकताको प्रशंसा गर्दै उनीहरूले देशलाई सुनौलो भविष्यतर्फ डोऱ्याइरहेको उल्लेख गरेका छन् । उनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन-जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको स्पष्ट पारेका छन्। अहिले नै नेतृत्वमा आउन चाहने युवाहरूलाई लक्षित गर्दै शाहले भनेका छन्,…

Read More