Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र पहिलोपटक प्रजिअ पठाउन गृह मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार कार्यविधि स्वीकृत गरेका छन् । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि –२०७९ अनुसार वरिष्ठ अधिकृतहरुको प्राथमिकता पाउने छन् । सह–सचिवको दरबन्दी भएको ‘क’ वर्गको जिल्लामा प्रजिअ हुन राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतले गृह मन्त्रालय वा विभागमा एक वर्ष काम गर्नुपर्ने छ । उपसचिव प्रजिअ हुने १६ वटा जिल्लामा खटिन पाँच वर्ष प्रशासनिक क्षेत्रको कार्य अनुभव हुनुपर्ने कार्यविधि बनेको छ । प्रजिअ बन्न कानुनमा स्नातक गनुपर्ने वा मान्यता प्राप्त संस्थाबाट…
काठमाडौं : सरकारको साझा न्युनतम कार्यक्रम कार्यान्वयनका सबै मन्त्रालयले ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषकदको बैठकले न्यूनतम कार्यक्रमलाई कार्वान्वयनका लागि कार्ययोजना बनाउने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस्तै मन्त्रिपरिषदले उर्जा मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधारमा र भौतिक पूर्वाधार मन्त्रालयका गोपाल प्रसाद सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गर्ने पनि निर्णय गरेको छ।उर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले हिजोमात्रै सम्हालेका थिए। यस्तै सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा तोकिएकी छिन्। सरकारले अवदेखि कुनै पनि राजदुत र विदेशी कुटनीतिज्ञले नेपाली नेता र मन्त्रीहरुलाई भेट्दा अनिवार्य रुपमा पराराष्ट्र…
काठमाडौँ: सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको न्यूनतम खरिद मूल्य निर्धारण गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिए । गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रतिक्विन्टल बनाएको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि…
काठमाडौँ: नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक विकासबाट मात्रै नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउन सकिने बताएका छन् ।उनले उद्योग परिसंघका प्रतिनिधिहरुसंग भेटमा रोजगारीको अभावमा पलायन भैरहेका जनशक्तिलाई रोक्न समेत नयाँ रोजगारीका अवसरहरु बढाउन जरुरी भएको बताएका हुन । रोजगारका लागि विदेशीने क्रमलाई कम गर्ने लक्ष्य रहेको बताउादै मन्त्री भण्डारीले रोजारीका अवसर वृद्धि औद्योगिक विकासबाट मात्रै सम्भव भएकाले परिसंघसाग सहकार्य गरी अघि बढ्ने जनाए । परिसंघले अर्थतन्त्र सुधारका लागि दिएका सुझाव क्रमिक रुपमा छलफल गरेर कार्यान्वयनका लागि अघि बढ्ने प्रतिबद्धता मन्त्रीले जनाएका छन । नेपाल उद्योग परिसंघले उद्योगीमैत्री वातावरण बनाउन र व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न मन्त्री भण्डारीलाई…
काठमाडौँ: प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराउनभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनुहुन्छ । विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी…
कास्की, ४ माघ (रासस):पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुनुहुन्थ्यो । गाउँपालिकाले उहाँलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । मङ्गलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण…
काठमाडौँ:बैंक तथा वित्तीय संस्थामा एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप थप भएको देखिएको छ। जनवरी ११ मा ५३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जनवरी १२ मा ५३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप देखिएको हो। जसमा ११ अर्ब रुपैयाँ त वाणिज्य बैंकहरुको निक्षेप थप भएको देखिएको छ। अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्ब थप भएको देखिएको हो। बैंकको कर्जा प्रवाह भने सोही एक दिनको अवधीमा ६ अर्ब रुपैयाँ मात्रै थप भएको देखिएको छ। यो तथ्याङक एक हप्ता अगाडि अर्थात् अर्धवार्षिक क्लोजिङ अगाडिको हो। त्यस समयसम्म बैंकको कर्जा र निक्षेपको अनुपात ४६ दशमलव ४७ प्रतिशत कायम भएको छ भने अन्तरबैंक दर…
काठमाडौं : डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् । मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भने, ‘नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेका छौं ।’ इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले मोतियाबिन्दुको…
काठमाडौं: बुधबार देशभर प्राय क्षत्रहरुमा मौसम बदलीको अवस्था रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना…
काठमाडौं: प्रतिनिधि सभा सभामुखका लागि बुधबार मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने…
