Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि नेटवर्कमा समस्या आउँदा सेवाग्राहीहरुले सम्पर्क गर्न नसकेको गुनासो गरेका छन्। टेलिकमको फोन, मेसेज, डेटा र वेबसाइट कुनै पनि चलेको छैन।

Read More

काठमाडौँ: कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।त्यसैगरी, दुई प्रतिशतले…

Read More

काठमाडौँ: हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ। आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको…

Read More

काठमाडौँ: आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिनुभयो । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उहाँको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिनुभयो । “बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । यो अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात् चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत विन्दुले न्यून देखिएको छ । यो अवधिमा भन्सार राजस्व सङ्कलन सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार भन्सार राजस्व सङ्कलन पुस मसान्तसम्मको लक्ष्यको…

Read More

काठमाडौँ: औद्योगिक क्षेत्रमा अवरुद्ध हुँदै आएको विद्युत् आपूर्ति सहज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपालको आवश्यकता अनुरूप विहारबाट विद्युत् नआउँदा नेपाल विद्युत् प्राधिकरणले गत साता ठूला उद्योगहरूमा पिक समयमा ८ घण्टासम्म विद्युत् कटौती गर्ने गरेको थियो । प्राधिकरणको भार प्रेसण केन्द्रका अनुसार पछिल्ला तीन दिनमा विहारले अवरुद्ध गर्दै आएको विद्युत् आपूर्ति क्रमिक रुपमा बढाउँदै लगेको छ । यसले गर्दा अहिले आवश्यक पर्दा अनौपचारिक रुपमा पीक समयमा करिव २ घण्टासम्म मात्रै ठूला उद्योगमा विद्युत् कटौती हुने गरेको छ । केन्द्रका अनुसार नेपाल भारत विद्युत् आदान प्रदान हुने सबै जसो प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुचारू भएको छ । प्राधिकरणले रक्सौल– परवानीपुर…

Read More

यति विमान दुर्घटनाको छानबिनका गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन काठमाडौँ:आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन भएको छ। विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले‍ छानबिनका लागि आयोग गठन गरिएको बताए। ‘दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव दिने गरी आयोग बनाइएको छ’, उनले भने, ‘गैरसैनिक हवाई उडान दुर्घटना नियमावली २०४१ अनुसार दुर्घटना जाँच आयोग गठन गरिएको हो।’ उनका अनुसार आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा हवाई उडानविज्ञ…

Read More

काठमाडौँ: यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। आइवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए। ‘यो घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। निधन भएकाहरुप्रति समवेदना’, उनले बैठकपछि भने, ‘भोलि (माघ २ गते) एक दिन शोकको घटनाका सन्दर्भमा शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।’ पौडेलले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको बताए। उनले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि…

Read More

काठमाडौँ: कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी रामदत्त जोशीले रातोपाटीलाई बताए । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१ विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाहीसहित १३ जना छन् । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन…

Read More

काठमाडौँ: पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको जानकारी दिइएको हो । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ । आइतबार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल…

Read More