Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ । पुस २० गतेसम्म बैंक…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताउनुभयो । तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भन्नुभयो, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ पछिल्लो समय राजश्व संकलन लक्ष्या अनुसार हुन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । लक्ष्य अनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल…
काठमाडौँ: ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले यही पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो । दुवै बैंकले कम्पनी रजिस्ट्राको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाएका थिए । राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७…
काठमाडौँ: शुक्रबार सुनचाँदी दुबैको भाउ घटेको छ । अघिल्लो दिन बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ८०० रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ तथा तेजावी सुनको भाउ १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेर चाँदी १ हजार ३६५ रुपैयाँ तोलामा झरेको हो । बिहीबार १ हजार ३८५ रुपैयाँ तोलामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महङ्गिएसँगै बिहीबार सुनको भाउ तोलामा २००…
काठमाडौँ: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडाँैबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघि देखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा…
काठमाडौँ: आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ । काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव—पार्वतीको विवाह…
पाल्पा: बस दुर्घटना हुँदा पाल्पामा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् ।…
काठमाडौँ: इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो । इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन २०७९ मा गरिएको संशोधनले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएको छ । संशोधित चालु पुँजी कर्जा मार्गदर्शन २०७९ बारे महासंघले आफ्नो धारणा सार्वजनिक गर्दै सरकार र राष्ट्र बैंक समक्ष राखेका अन्य माग पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । नेपाल राष्ट्र बैंकले गत कार्तिकदेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ मा संसोधन एवं परिमार्जन गरि सीमाभन्दा बढि कर्जा प्रवाह भएको अवस्थामा भुक्तानीको समयावधि बढाउनुका साथै न्यूनतम सीमा पनि बढाएको छ । यसले उद्यमी व्यवसायीलाई भुक्तानीको समयावधि थप प्राप्त हुनेछ भने साना उद्यमीलाई राहत पुग्नेछ । तर, यी व्यवस्था सकारात्मक भएपनि विद्यमान…
काठमाडौँ, २१ पुस:नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नुभयो ।
