Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्। प्रदेश प्रमुख जोशीले आगामी पुस २७ गते ५ बजे भित्र सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभामा निर्वाचित दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको बताए। संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न कुनै पनि दलको बहुमत नपुग्ने भएपछि उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। त्यसरी नियुक्त मुख्यमन्त्रीले ३०…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच कुराकानी भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले यसअघि अध्यक्ष नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। अध्यक्ष नेपालले पार्टी बैठकमा यसबारे छलफल गरे पनि कुनै निर्णय गरिसकेका छैनन्। उनले उपयुक्त समयमा यसबारे निर्णय हुने बताइरहेका छन्।

Read More

काठमाडौँ: दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य मंगलबारदेखि फिर्ता लिएका छन्। डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए। लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएको थियो तर व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताइरहेका थिए। मंगलबार कृषि तथा पशुपन्छी मन्त्रालयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी व्यवसायीबीच छलफल भएकोमा मूल्य समायोजनका लागि तत्काल अध्ययन गरिने र अहिले भएको मूल्यवृद्धि फिर्ता गर्ने सम्झौता भएको हो। “पुस १६ गतेदेखि लागू गरिएको दूधको मूल्य तत्काल स्थगन गर्ने सहमति भएअनुरुप किसानको बढ्दो उत्पादन,…

Read More

काठमाडौं: अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ। दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुनेछ। बिहीबार प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा आज अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने कार्यक्रम छ। गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ८ जना मन्त्री बनाए पनि बाँकी मन्त्रीहरू बनाएका छैनन्। सत्ता साझेदार दलभित्र भागबन्डा मिल्न बाँकी छ।…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताउनु भएको छ । उहाँले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गर्नुभएको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गर्नुभयो । यसैगरी, बैंकका प्रमुख कार्यकारी…

Read More

काठमाडौँ: राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतार–चढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अङ्कले ओरालो लागेर २०६०.०६ बिन्दुमा झरेको छ । आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले ओरालो लागेर ३९४.६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहगत सुचकमध्ये ९ वटा घट्दा ४ भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १०२ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै विकास खर्च बढाउन आग्रह गरेको छ । परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिनुहुँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको अग्रवालको भनाई थियो । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न,…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेलगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री दाहालले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिनुभएको हो । यसअघि हिजो सबै मन्त्रालय तथा आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय एवं विभिन्न संवैधानिक आयोग र निकायका सचिवहरुले प्रगति विवरण, समस्या तथा चुनौती प्रस्तुत गर्नुभएको थियो । सचिवहरुबाट कार्यप्रगति प्रस्तुतिपछि निर्देशनात्मक सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजामती प्रशासन र सरकारी संयन्त्रबाट विगतको कार्यकाल झैँ यसपटक पनि पूर्ण सहयोग पाउने बताउनुभयो । उहाँले ठूला नीतिगत र दीर्घकालीन विषयभन्दा पनि नागरिकका दैनिक आवश्यकताका…

Read More