Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सत्ता गठबन्धनले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको जनाएको छ। सोमबार बसेको गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख गरिएको छ । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने भन्दै विज्ञप्तिमा गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ । यसैगरी आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि…

Read More

काठमाडौं: राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ।आयोगले आज प्रदेश सरकार र स्थानीय तहलाई सूचना जारी गर्दै आगामी आर्थिक वर्षको सङ्घीय बजेटमा पर्नेगरी समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रस्ताव पेस गर्न भनेको हो। त्यस्ता आयोजना तथा कार्यक्रमको प्रस्तावसहितको विवरण प्रदेश सरकार र स्थानीय तहले आगामी पुसमसान्तभित्र आयोगमा पठाइसक्नुपर्नेछ। प्रस्ताव पेस गर्दा प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेस गर्नुपर्नेछ। त्यस्तै, विद्युतीय प्रणाली (अनलाइन) बाट…

Read More

काठमाडौं: लगातार बढेको सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। ६ महिनापछि फेरि तोलाको एक लाखनजिक पुगेको हो। आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा सोमबार ४ सय रुपैयाँको बढोत्तरी भएको हो। गत साताको अन्तिम दिनका तुलनामा आइतबार तोलामा ४ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य लगातार बढेको छ। गत वैशाखमा सुनको कारोबार मूल्य तोलाको लाख नाघेको थियो। तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेर क्रमिक घटेको मूल्य पुनः लाखनजिक पुगेको हो। चालु महिना सुनको मूल्य तोलाको ९६ हजार ८ सयभन्दा…

Read More

काठमाडौँ: मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र…

Read More

काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग भेटघाट तथा छलफल गरेको छ । उक्त छलफलमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसमक्ष आग्रह गरेका छन् । सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफल बैठकमा आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको…

Read More

काठमाडौँ: निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा…

Read More

काठमाडौं: ओलिभर जिरुड र केलिएन एमबाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३-१ गोलअन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एमबाप्पेले दोस्रो हाफमा दुई गोल थपे । खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए । जिरुडले ४४औं मिनेटमा किलिएन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उक्त गोलपछि जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । उनले ५१ गोल गरेका थियरी हेनरीलाई…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले घरेलु बजारमा मूल्य समायोजन नगरेको भन्दै विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् । आइतबार नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले टेकुमा प्रदर्शनको आयोजना गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

Read More

काठमाडौँ: नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १३८ रनको झिनो लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टाएसँगै नेपाल पराजित भएको हो । नेपालका लागि सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले समान २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । स्कटल्याण्डका लागि क्रिस्टोफर मकब्राइडले सर्वाधिक ४३ रन बनाए । त्यस्तै, ब्राण्डन मकमुलनले नट आउट ३२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३७…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरुको गुनासो आउने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार…

Read More