Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो। त्यसमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ। त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर…
धनुषा: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आजैदेखि प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरिएको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३०…
काठमाडौँ: भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । पर्सी (शुक्रवार) पनि देशभरको…
काठमाडौँ: विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने व्यवसायीले अग्रिम भुक्तनीका लागि आवश्यक पर्ने बैंक ग्यारेन्टी ५० करोड अमेरिकी डलरसम्मको स्ट्याण्डवाई लेटर अफ क्रेडिट लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने लगायतका व्यवसायका लागि आवश्यक अग्रिम भुक्तानीका लागि व्यावसायीले वाणिज्य बैंक मार्फत ५० लाख अमेरिकी डलर सम्मको विड वण्ड, परफमेन्स वण्ड वा स्ट्याण्डवाई एलसीको सुविधा लिन सक्ने भएका छन् । यस्तो बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसी जारी गर्दा बैंकले आवश्यकता सम्बन्धी आधिकारिक कागजात लिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाले विदेशमा काम गर्ने ठेगदार कम्पनी,…
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले टेण्डरको ३५ दिने म्यादलाई ७ दिनमा झार्न प्रस्ताव गरेका छन्। सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचना निकाल्नुपर्ने, ३५ दिनमा खोल्नुपर्ने, ३५ दिन मूल्यांकन गर्नुपर्ने, ३५ दिन स्वीकृति गर्नुपर्ने भएकाले विकास र बजेट खर्चमा असर परिरहेको भन्दै उनले प्रक्रियाको समयावधि ७ दिनमा झार्न प्रस्ताव गरेका हुन्। मंगलबार संसदको दिगो विकास तथा सुशासन समितिले नेपालको वित्तीय सुशासन र दिगो विकास लक्ष्यबारे छलफल गरेको थियो। छलफलमा भाग लिँदै अर्थमन्त्री शर्माले सार्वजनिक खरिद ऐनका कारणले पनि समस्या पर्ने गरेको बताए।
काठमाडौँ: नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरेका हुन् सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई सरकारले निलम्बन गरी छानविन गरेको थियो ।
काठमाडौँ: सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘मोटामोटी रूपमा मन्त्रालयमा सहमति भएको छ । सम्भवत बुधबार नै नत्र यसै साताभित्र मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ देउवाले भने । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । सहमतिअनुसार कांग्रेसले लिने भनिएको सात मन्त्रालयमा अब सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने…
काठमाडौँ: ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा ८ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । ८ जना मध्ये मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए । उनीहरुलाई सुन तस्करी र सनम शाक्य हत्या, अपहरण तथा शरीर बन्धकमा सजाय तोकिएको उनले जानकारी दिए । अरू दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी…
काठमाडौं: पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ भने ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन्…
काठमाडौँ: लगातार तीन कारोबार दिन घटेको नेप्से सूचकमा मंगलबार भने सुधार देखिएको छ। मंगलबार नेप्से सूचक साढे १ प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ। यस दिन नेप्से सूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०४ अंकले बढेको छ। नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन। सोमबार ३ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम ३ अर्ब तल झरेको छ। यस दिन २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ। मंगलबार कारोबारमा आएका ७…
