काठमाडौँ: लगातार तीन कारोबार दिन घटेको नेप्से सूचकमा मंगलबार भने सुधार देखिएको छ। मंगलबार नेप्से सूचक साढे १ प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ।
यस दिन नेप्से सूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०४ अंकले बढेको छ।
नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन। सोमबार ३ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम ३ अर्ब तल झरेको छ। यस दिन २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका ७ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युतको ९.९७ प्रतिशत, सिभिल लघुवित्तको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८९ प्रतिशत र जनउत्थान सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।
यस दिन एनआइसी एशिया लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। यस्तै रिलायन्स फाइनान्सको ३.३२ प्रतिशतले घटेको छ भने माउन्टेन इनर्जीको ३.३० प्रतिशत, साल्ट ट्रेडिङको २.६२ प्रतिशत र रिद्धि हाइड्रोपावरको २.१० प्रतिशतले घटेको छ।
मंगलबार मेरो माइक्रोफाइनान्सको सबैभन्दा धेरै ११ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७ करोड ३४ लाख, सिटिजन्स बैंकको ६ करोड ७२ लाख, रिद्धि हाइड्रोपावरको ६ करोड ५० लाख र नबिल बैंकको ६ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा व्यापार उपसमूह बाहेक अन्य १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको पनि ३.१२ प्रतिशतले बढेको छ।