Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ । सार्वजनिक स्थलमा खुलमखुला धुम्रपान गर्ने र विद्यालयको १०० मिटर वरपर सुर्तीको विक्रिवितरण गर्न रोक लगाउने कानुन कार्यान्वयनमा फितलो हुनुको कारण सुर्ती उद्यमी व्यवसायीकै अप्रत्यक्ष हात रहेको देखिएको अध्ययनकर्ता…

Read More

काठमाडौँ: नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले शर्त राखेर पार्टीको पक्षमा उभिनेहरू एकताको पक्षपाती हुन नसक्ने बताएका छन्। बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने बताएका हुन्। पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए। उनले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्‍याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे। उनले भने, ‘एकताको लागि प्रमुख सर्त भनेको के हो भने, एकताको कुरा भनेको एउटै कुराले निर्धारण गर्दछ। पार्टीको पक्षमा दृढतापूर्वक…

Read More

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्थाहरू (विद्यालय) लाई भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको छ। पठनपाठन गराउनै परेमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने भनिएको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको सूचनामा असोज १ देखि अर्को आदेश जारी नभएसम्मका लागि लागु भएको उल्लेख छ। यस्ता छन् काठमाडौं प्रशासनले गरेको निर्णय : – शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने गर्नुपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नु पूर्व आ-आफ्नो पालिकास्तरमा कोभिङ-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी,…

Read More

काठमाडौँ: कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पु¥याउँछ ।’ उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

काठमाडौँ: साताको अन्तिम कारोबार दिन, बजार खुलेको एक घण्टामा नेप्से परिसूचक २ प्रतिशत घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै यस दिन नेप्सेमा नकारात्मक प्रभाव परेको हो। विगत केही दिनदेखि नै ब्याजदर वृद्धि हुने हल्लाले शेयर बजार प्रभावित हुँदै आएकोमा, यस दिन एक घण्टामा नेप्से ५९.१६ अंक घटेर २८२९.८८ विन्दुमा झरेको हो। सो अवधिसम्ममा सेन्सेटिभ इण्डेक्स १.८५ अंक घटेर ५२८.५६ विन्दुमा झरेको छ। सो अवधिसम्ममा २१६ कम्पनीको ३१ हजार ५८८ पटकको कारोबारमा २ अर्ब २५ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसमध्ये जम्मा ५ स्क्रिप्टको मात्र शेयरमूल्य बढेको छ भने बाँकी…

Read More

काठमाडौँ: सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ छ । पक्राउ पर्ने यस अघिनै पक्राउ परिसकेका लोक बहादुर कार्कीका भाई नरेश हरेको प्रहरीले जनाएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले पहिलोक्लिकलाई बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’ घटना हुँदा उनी प्रत्यक्षदर्शीको रुपमा थिए र घटना पश्चात नरेश मृतक ३२ वर्षिया रंजनाकोको कोठामा पुगेर मोबाइल चोरेर लागेको पट्ट लागेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की,…

Read More

काठमाडौँ: नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ । यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय,…

Read More