काठमाडौँ: सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ छ । पक्राउ पर्ने यस अघिनै पक्राउ परिसकेका लोक बहादुर कार्कीका भाई नरेश हरेको प्रहरीले जनाएको छ ।
लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले पहिलोक्लिकलाई बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’ घटना हुँदा उनी प्रत्यक्षदर्शीको रुपमा थिए र घटना पश्चात नरेश मृतक ३२ वर्षिया रंजनाकोको कोठामा पुगेर मोबाइल चोरेर लागेको पट्ट लागेको छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।