Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो । बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ । नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए ।
काठमाडौँ: ‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ । अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत नूनको बिक्रीवितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, “मन्त्रालयले नून बिक्रीवितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नून बिक्रीवितरणमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वोत्कृष्ट छ ।” कर्पोरेशनको ५९र्आं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चालक समितिका सदस्यसमेत रहेका उनले आयोडिनयुक्त नूनलाई सबै ग्रामीण जनताको पहुँचमा पु¥याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघर पु¥याउन…
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नै शेयर बजारमा ७१ अंकको उच्च वृद्धि भएको छ । अघिल्लो साता निरन्तर घटेको शेयर बजारमा नयाँ साताको सुरुवातसँगै बजारमा बाउन्स ब्याक भएको हो । यसदिन म्युचुअल फण्डबाहेक सबै उपसमुहगत सूचक बढ्दा बजारमा उच्च अंकको वृद्धि आएको हो । १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आइतबार नेप्से २.४८ प्रतिशत अर्थात ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १३.०३ अंकले बढेर ५४८.२९ बिन्दुमा पुगेको छ । यसदिन जलविद्युत उपसमुहको सूचक सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक ५.१३, उत्पादनमुलक ४.५१, फाइनान्स ४.०८, निर्जीवन बीमा…
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ…
काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ: नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् । साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी छन् । आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।
काठमाडौँ: प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध हटाउन छलफल समेत गरेका थिए । उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् । पार्टीले कारबाही गरेका माधव…
काठमाडौं: सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद् अवरोध गरिरहेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताए । मन्त्रिपरिषद् विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने उनको भनाइ छ । शुक्रबारको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा…
काठमाडौँ: दाङ र आसपासका जिल्लाका थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन्। दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ। तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले आज सार्वजनिक बिदा पनि दिएका छन्। लुम्बिनी प्रदेश सरकारले पनि दाङ, बाँके, बर्दिया जिल्लामा बिदा दिएको छ। थारु समुदायले अष्टमीपछि चन्द्रमादेखिने बित्तिकै अटवारी पर्व मनाउने गर्छन्। यो पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछि आउने आइतबारका दिन मनाउने प्रचलन थारु समुदायमा छ। सूर्य अर्थात् शक्तिको उपसनाको लागि पनि यो पर्व मनाउने गरिन्छ। थारु समुदायका पुरुष अट्वारीमा पानी पनि नखाइ ब्रत बस्ने गर्छन्। आफ्नो लागि चोखो खानेकुरा आफैँ पकाउने चलन…
काठमाडौँ: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ । पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागी भएकी छन् । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन…
