Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ। मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । मन्त्रिपरिषद् बैठकलगत्तै नवनियुक्त मन्त्रीहरुले आआफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन्।

Read More

रुपन्देही: ६ दिनअघि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका विरामीहरुको दिसाको नमुनामा हैजाको जीवाणु भिब्रियो कलेरा नामक व्याक्टेरिया फेलापरेको छ । यसअघि झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी संस्थानले वितरण गरेको र चापाकलको पानी परीक्षण गर्दा कोलिफर्म व्याक्टेरिया फेलापरेको थियो । पानी परीक्षणको रिपोर्टमा अत्यधिक मात्रामा कोलिफर्म व्याक्टेरिया पाइएकोमा विरामीहरुको दिसाको रिपोर्टमा भिब्रियो कलेरा नामक व्याक्टेरियासमेत देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । झाडापखाला प्रभावित क्षेत्रमा विरामीहरुको उपचार तथा अन्य व्यवस्थापनमा खटिएका स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेशचन्द्र घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षणको लागि पठाइएको दिसामा भिब्रियो कलेरा भेटिएको फोनमार्फत जानकारी गराएपनि रिपोर्ट आइनपुगेको जानकारी दिए । नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरेका…

Read More

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् । सरकारका उपप्रधानमन्त्री छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्ने पम्फा भुसाल चौथो वरियतामा छिन् । तेस्रो वरियतामा कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की छन् । जनता समाजवादी पार्टीबाट सरकारमा नेतृत्व गर्ने राजेन्द्रप्रसाद श्रेष्ठ पाँचौं वरियतामा छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट सरकारमा नेतृत्व गर्ने विरोध खतिवडा छैठौं वरियतामा छन् ।

Read More

काठमाडौँ: नवनियुक्त मन्त्रीहरूले आज सपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ खुवाएकी छन्। साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्। प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले मन्त्री नियुक्त गरेका थिए। देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका थिए।

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरुलाई विद्युत उपलब्ध गराउन लागेको हो । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण…

Read More

काठमाडौँ: साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस चिनियाँ कम्पनी सीएचटीसीसँग खरिद सम्झौता भएको छ। साझाले २६ मार्चमा आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डरमा ९ वटा कम्पनीले आवेदन दिएकामा सीएचटीसी कम्पनी छनोट भएको हो। सम्झौताअनुसार ४ महिनाभित्र पहिलो चरणमा तीनवटा विद्युतीय बस आइपुग्नेछन्। साझाले एउटा बस खरिदका लागि करबाहेक एक करोड ५ लाख खर्चेको छ। कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस एक करोड ५२ लाख लाग्नेछ। साझाले ४ महिनाभित्र तीनवटा बस नेपाल ल्याएर परीक्षण सुरु गर्नेछ। सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ। बसमा १६१ किलोवाट पर आवरको बाट्री जडान गरिनेछ। जुन चार घण्टामा चार्ज हुनेछ। सरकारले…

Read More

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि असोज २३ गते शनिबारबाट सहुलियतमा उपभोक्तालाई बिक्री गर्न थाल्ने भएको छ। खाद्यले यसका लागि पहिलो लटमा दाङ र हेटौंडाबाट खसीबोका आइपुगेको जनाएको छ। बिहीबार राती र शुक्रबार बिहान कम्पनीको थापाथलीमा बिक्री कक्षमा खसीबोका आइपुगेको हो। कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार दाङ र हेटौंडाबाट पहिलो लटमा कुल ५३० खसीबोका काठमाडौं आइपुगेको छ। खाद्यले आज शुक्रबारबाटै सहुलियत दरमा खसीबोकाको बिक्री थाल्ने योजना बनाएको थियो। तर लामो बाटोबाट ल्याइएका हुनाले एक दिन राखेर मात्र बिक्री गर्न लागेको जनाएको छ। यसका साथै शनिबारबाट बेच्न थाल्ने भनिएको खसीबोकाको मूल्य अहिलेसम्म निर्धारण गरिसकेको छैन। यसकारण पनि आज…

Read More

काठमाडौं: पछिल्लो २४ ण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका…

Read More

काठमाडौं: सरकार गठनको ८८ दिनपछि बल्ल आएर प्रधानमन्त्री शेर बहादुर देउबाको मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन् भने केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेकी छन् । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।…

Read More