Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो । बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन । मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका…

Read More

काठमाडौँ: प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको विद्रोहले नेपालमा नयाँ क्रान्तिकारी पार्टी जन्माउने बताएका छन्। दिल्लीस्थित एपोलो अस्पतालको बेडबाटै चन्द्रागिरिमा जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार अडियो सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अब क्रान्तिकारी शैलीमा अघि बढ्नुपर्नेमा पनि जोड दिए। बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि गरिने सनाखतमा दूतावासमार्फत वारेसनामा पठाएका खनालले नयाँ निर्माणका लागि विद्रोह स्वभाविक भएको उल्लेख गरे। अध्यक्ष ओलीको अवसरवादी नेतृत्वका कारण दुई दल मिलेर बनाइएको नेकपाको एकता पनि भताभुंग भएको उनले बताए। दुईतिहाइ नजिकको सरकार पनि नरहेको उनले बताए। साढे तीन वर्ष शासन चलाउने क्रममा…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। पराजुलीका अनुसार यसअघिको राति ८ बजे पछाडी गाडी चलाउन नपाइने व्यवस्था हटाइएको छ। अब राति पनि गाडी चलाउन पाइने उनले बताए। अरु व्यवस्था भने अहिलेकै जस्तो हुनेछ। निषेधाज्ञा बारे निर्णय लिनु पहिले जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकपछि मंगलबार नै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग पनि परामर्श गरेर प्रमुख जिल्ला अधिकारीले निर्णय लिएका हुन्।

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज (मंगलबार) बस्दै छ। यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। तसर्थ निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक राख्न लागेका हुन्। ‘हामी दिउँसो १ बजे बैठकमा बस्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार बिहान भने,‘एक हप्ता थप्छौं होला।’ निषेधाज्ञाको अबको स्वरूप कस्तो होला त भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेको जस्तै मोडालिटीमा जाला।’ जारी स्वरूपअनुसार राति ८ बजेपछि निजी वा सार्वजनिक दुवै खालका सवारीसाधन चलाउन पाइँदैन।

Read More

काठमाडौं । नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ । दल दर्ताका लागि निवेदन दिएको सो समूहले बुधवार निर्वाचन आयोगमा सनाखत गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउनु पर्नेछ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीका कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकस्थलबाट केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । नेपाल पक्षमा एमालेका २६ जना सांसद पुगेको दावी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणापत्र र नियमावली पारित गर्नेछ । साहले नेपाल प्रेससँग भने–५० जना उपस्थित भइसक्नुभएको छ,केही बाटोमा आउँदै हुनुहुन्छ । चारजना विरामी हुनुहुन्छ…

Read More

काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आजैका लागि सरेको छ । १० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै अहिले ११ बजे बोलाइएको बैठक सरेको हो । स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । बैठक सर्नू पछाडी नेकपा एकिकृत समावादीको बैठकको निर्णय र रणनिती हेरेर अघि बढ्न खोजिएको बुझिएको छ ।

Read More

काठमाडौँ, ८ भदौ: ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गर्नुभएको थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ मा राखिएको थियो । प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मगंलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम…

Read More