काठमाडौँ:
काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज (मंगलबार) बस्दै छ।
यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।
तसर्थ निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक राख्न लागेका हुन्।
‘हामी दिउँसो १ बजे बैठकमा बस्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार बिहान भने,‘एक हप्ता थप्छौं होला।’ निषेधाज्ञाको अबको स्वरूप कस्तो होला त भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेको जस्तै मोडालिटीमा जाला।’
जारी स्वरूपअनुसार राति ८ बजेपछि निजी वा सार्वजनिक दुवै खालका सवारीसाधन चलाउन पाइँदैन।