Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगाइएको संघर्ष समितिले जनाएको छ । ‘उद्योग मन्त्रालय उद्योगीहरुको जायजथा विक्री गरेर…
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको बताएका छन् । बिहीबार आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको प्रष्ट पारे। उनले राष्ट्र बैंकका गभर्नरलाई व्याज बढेर जनता अफ्ठयारेमा नपरुन्, पुनरकर्जा लिने अवस्थाबाट, ऋण लिने अवस्थाबाट कोहि पनि बन्चित हुने अवस्था नआहोस् भन्नेमा आग्रह गरिएको भने बताए । मन्त्रालयमा माग धेरै आए पनि हिजोको र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन मात्र गभर्नरलाई आग्रह गरिएको बताए । उनले गभर्नरलाई जनतालाई अफ्ठयारो पर्ने गरी काम नगर्न आग्रह गरेको बताए । नीतिको कारणले आर्थिक…
काठमाडौँ: अर्थ मन्त्रालयले नेप्से नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको शेयर खरिदमा नियामक निकायका पदाधिकारीहरु नै शेयरको भित्रि कारोबारमा संलग्न समाचारहरु सञ्चार माध्यममा आएपछि तालुकदार मन्त्रालय अर्थले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको हो । मन्त्रालयले यसअघि बिहीबार नै नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधिसकेको छ । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले तीन दिनको समय सीमा नै तोकेर पूँजी बजारको नियामक निकाय बोर्ड र फन्टलाइन रेगुलेर नेप्सेलाई स्पष्टीकरण सोधेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थ तथ्य के हो भन्दै…
काठमाडौँ: एमाले कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्ताव कार्यान्वयन गर्नेबारे वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच छलफल भएको छ । नेता नेपालको निवास कोटेश्वरमा डेढ घण्टा भएको छलफलमा नेता सुवास नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए । तर नेम्वाङको आग्रहमा नेता नेपालले ठोस जवाफ दिएनन् । ‘पार्टी एकताकै बारेमा लामो कुराकानी भयो । मैले कार्यदलको प्रस्तावबारे बताए । त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले तपाईं र अध्यक्षबीच भेटघाट गरेर बाँकी रहेका विषयमा सहमति खोज्दै एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेँ’ नेपालसँगको भेटपछि नेम्वाङले रातोपाटीसँग भने, ‘उहाँले पोजेटिभ छु भन्नुभयो ।’
पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ । यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।
काठमाडौं: सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले पहिलोक्लिकलाई बताए । उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको…
काठमाडौँ: सांसद पदमा पुनर्बहाली माग गर्दै माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहिबार सुनुवाइ हुँदैछ। चारै नेताको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ। नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्वहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्। फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौं: काठमाडौं महानगरपालिकामा आज पुनः भेरोसेल खोप लगाइने भएको छ । ५० वर्ष र ५० वर्षभन्दा माथि उमेर भएका तर पहिलो मात्रा खोप लगाउन छुटेकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउन जाँदा नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र अथवा वडाको सिफारिस अनिवार्य साथमा हुनुपर्ने छ ।
काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।
काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। आजै गठबन्धन बैठक गर्ने भने पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्रै छलफल भएको हो। मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ। बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी गरेका थिए।
