Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५०३ जनाको पीसीआर परीक्षणबाट १ हजार ७१८ र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जना गरी जम्मा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Read More

काठमाडौँ: साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकम पनि खस्किएको छ। मंगलबार नेप्से सूचक ५ अकंले घट्दा दैनिक कारोबार रकम पनि खस्किएको हो। यस दिन नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको छ। यस दिन २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोमबार ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक मात्रै सकारात्मक भएका छन्। निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेकाे छ। यस्तै बैकिङ,…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । छलफलपछि निर्वाचन आयोग स्रोतले रातोपाटीसँग भन्यो, ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’ आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र…

Read More

काठमाडौँ: सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडका सिफारिशमा सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुईदुई वर्षका लागि कालोसूचीमा सिफारिस गरिएको हो । कृषि सामग्री कम्पनीले सिफारिश गरेका दुई कम्पनीले तोकिएका समयमा रासायनिक मलको ढुवानी गर्न नसकेपछि कम्पनीले धरौटी रकम जफत…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् । पार्टीको आधिकारिकताका विषयमा दुवै पक्षले दाबी गरेपछि निर्वाचन आयोगले ठाकुर र यादव पक्षलाई छलफलका लागि बोलाएको थियो । आयोगले जसपाको विवाद समाधानका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनविरूद्धको रिटमथि एमिकस क्यूरीका रूपमा बहस गरेका दुई जना अधिवक्ताले ‘विश्वासको मत गुमाएका प्रधानमन्त्रीले धारा ७६ को उपधारा ५ अनुसार दाबी गर्न नपाउने’ बताएका छन्। नेपाल बारले एमिकस क्यूरीमा पठाएका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र सर्वोच्च बारले पठाएका कोमलप्रकाश घिमिरेले विश्वासको मत नपाएका प्रधानमन्त्रीलाई फेरि नियुक्ति गर्न नपाउने भन्दै सोमबार बहस गरेका हुन्। एमिकस क्यूरीमध्ये अरू दुई जनाले भने यो विषयमा प्रवेश गरेनन्। उनीहरूले दलीय व्यवस्था र राष्ट्रपतिको अधिकारबारे बहस गरेका थिए। वरिष्ठ अधिवक्ता वैद्यले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रधानमन्त्रीमा नियुक्त हुन नमिल्ने जिकिर गरे। यसबारे अदालतले प्रश्न उठाउनुपर्ने…

Read More

काठमाडौँ: नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक भोलि फेरि बस्ने गरि सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको एकता कार्यदलको बैठक भोलि १ फे‍रि बस्ने गरी सकिएको बैठकमा सहभागी रघुजी पन्तले पहिलोक्लिकलाई जानकारी दिए। आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले भोलि १ बजे फेरि बस्ने निर्णय भएको जानकारी दिए। कार्यदल निर्माण भएपछि २०-२५ वटा अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा आज पहलो पटक छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए। ‘धेरै भएको थियो औपचारिक छलफल नभएको, यस बीचमा भएका छलफल र अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा औपचारिक छलफल गर्‍यौं, भोलि फेरि बैठक बस्ने निर्णय गरेका…

Read More

काठमाडौँ, २२ असार (रासस) : काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो । खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले जानाएको छ…

Read More

चितवन, २२ असार (रासस) : वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहनुभएका उहाँले भन्नुभयो, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।” पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट…

Read More

काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् । भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने उनले बताए ।

Read More