Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

परासी: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकताविहीन मधेसी नागरिकको समस्या केही हप्तामा नै समाधान हुने बताएका छन् । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा संसद्‌मा दर्ता गराएको नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै अब संसद्‌बाट नागरिकता विधेयक पास हुने बताए । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै दाहालले यस्तो बताएका हुन् । हिन्दीमा भाषण गरेका पूर्वप्रधानमन्त्री रहेका दाहालले मधेससँग आफ्नो पुरानो प्रेम रहेकाले मधेमा विद्यमान नागरिकता र भूमिहीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको कारण रोकिएका विधेयक, विकास निर्माणका काम वर्तमान गठबन्धनको सरकारले पूरा गर्ने उनको भनाइ थियो ।…

Read More

काठमाडौँ: रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले सुरक्षा नीति सामूहिक सहमतिको विषय भएको बताए । राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफुले पनि काम गरिसकेको अनुभव सुनाउँदै उनले सुरक्षा नीतिलाई सामूहिक सहमतिका आधारमा अघि बढाउने बताए । मन्त्री रिजालले राष्ट्रिय विपत्तिमा अग्रभागमा रहेर उच्चकोटीको काम गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरे। नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै उनले भने, ‘नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको छ, सेनाको गौरव बढाउन सरकार कहिल्यै पनि पछि पर्दैन ।’ मन्त्री रिजालले सरकार भर्खर विस्तार भएको बताउँदै यसले आफ्नो काममा…

Read More

काठमाडौं: लगानी बोर्डले दुई वटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति गरेको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो लगानी स्वीकृत गरेको हो। दोलखा जिल्लामा रहेको ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको १० अर्ब ५ करोड र ९०० मेगावाटको अरुण ३ जलविद्युत आयोजनाको ६२ अर्ब २६ करोड पुँजी वृद्धि स्वीकृत गरेको हो। बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको अध्ययन गरेर ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालय,उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय…

Read More

काठमाडौँ: चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए । ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमाउन पुगेको थियो । त्यसपछि पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेलाई जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग भएको आरोप लगाएका छन्। पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा शनिबार गरेको शुभकामना आदानप्रदान एवं जिल्ला कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसो भनेका हुन्। अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकारेको अवस्थामा नयाँ ढंगले सोचेर अघि बढ्न सकिने पनि संकेत गरेका छन्। अध्यक्ष नेपालले पार्टी विभाजन भए पनि अझै ओलीसँग सहकार्य हुन सक्ने बताएका छन्। सम्बोधनका क्रममा नेपालले ओली सुध्रिने आशा आफूले नराखेको पनि बताए। ‘ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरे। पार्टीमा गलत तरिका…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएको विषयमा हो हल्ला गर्न आवाश्यक नभएको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताए । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको प्रचण्डको भनाइ छ । कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् । हमाल संघीय संसद् सदस्य छैनन् । हमालको नियुक्तिमा…

Read More

काठमाडौँ: खाद्य थाल्यो खसीबोका सहुलियत दरमा बिक्री, छुटसहित प्रति केजी ६ सय ४०काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकाका लागि दसैंलक्षित खसीबोका बिक्री शनिबारदेखि सुरु गरेको छ। कम्पनीले पहिलो लटमा ५ सय ३२ वटा खसीबोका ल्याएर थापाथलीबाट बिक्री सुरु गरेको हो। यो वर्ष खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ तोकिएको छ। यसमा उपभोक्तालाई प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री गर्ने कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले बताए। ‘पहिलो लट आयो, अरु पनि खसीबोका आउँछ,’ उनले भने। यसपटक पोहोरको मूल्यका तुलनामा खसीबोका प्रतिकेजी एक सय रुपैयाँ महंगो छ। पहिले प्रतिकेजी ५ सय ५० रुपैयाँमा बिक्री भएको…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ। मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक…

Read More

काठमाडौँ: नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको आज तेस्रो दिन । चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन् । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन…

Read More