Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् । क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएका छन् । दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरु छनोट हुनेछन् । ओमान क्वालिफायरमा स्थान पक्का गर्ने अन्तिम टोली थियो । उसले हङकङलाई हराउँदै टी–२० विश्वकपमा स्थान बनाएको हो । उता, पपुवा न्यू गिनीको टोली भने सेप्टेम्बरमा नै ओमान पुगेको थियो । उसले राम्रो तयारी गरेको छ । यता, स्कटल्याण्ड र बंगलादेश दुवै समूह चरणमा…
काठमाडौँ: भारतीय सेनाको रियल एडमिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली आइतबार नेपाल आउने भएका छन् । नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले असोज ३१ गतेदेखि कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको सिलसिलामा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छन् । ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् । यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरिको भ्रमणलगायत नारायणहिटी…
काठमाडौँ: दशैंको समप्त्तिसंगै आज आइतबारबाट प्राय सबै जसो नीजि तथा सरकारी कार्यालय र बैंक वित्तिय संस्थाहरु पूर्ववत रुपमा खुल्दै छन् । दशैं सकिएको द्वादशीदेखि प्राय कार्यालयहरु संचलानमा आउने गर्छन। अव १५ दिनमा फेरी दोश्रो ठुलो पर्व दीपाली आउंदै छ।
काठमाडौँ: माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको…
काठमाडौँ: नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् । यही अवधिमा ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.०३ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ । देशभर…
काठमाडौँ: नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवाैँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् । ‘मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले बडा दसैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका छन् । बडा दसैँ (विजयादशमी) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरे । उनले भने, “यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।” प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरूलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि गरेकी हुन् । बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको…
काठमाडौँ: नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए । “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”, अध्यक्ष…
काठमाडौँ: जारी साफ च्याम्पियनशिप फुटबलमा नेपालले इतिहाँस रच्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले अन्तिम मिनेटमा पेनाल्टी मार्फत बंगलादेशसँग १-१ गोलको बराबरी गरेसंगै अंक तालिका अनुसार फाइनल पुगेको हो। खेलको ८७ औं मिनेटमा अन्जन बिस्टलाई डिबक्समा लड़ाएपछी पाएको पेनाल्टीमा उनैले गोल गर्दै नेपालले फाइनलको यात्रा तयार गरेको हो। अब आजै राति हुने आयोजक माल्द्भिस र भारतबीचको विजेताले नेपालसँग फाइनलमा भिड्ने छ।
