Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित…

Read More

काठमाडौँ: उत्तरी छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ। चिनियाँ राजदूत होउ यान्छीसँग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन्। उक्त भेटमा चिनियाँ सरकारले थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको जानकारी राजदूत यान्छीले दिएकी हुन्। चीनले नेपाललाई दिन लागेको १० लाख डोज कोरोना खोप सिनोभ्याक कम्पनीले उत्पदान गरेको हो। यो खोप ल्याउन दुई छिमेकी देशका अधिकारीहरु छलफलमा रहेका छन्। मन्त्री श्रेष्ठका अनुसार नेपालमा आउनसक्ने कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि चीनले ९ करोड २४ लाख रुपैयाँ (५० लाख…

Read More

काठमाडौँ: सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ। वडा दसैंको अवसर पारेर कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। अदालतका उप-रजिष्ट्रार देवेन्द्र ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिएका हुन्। विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने छ।

Read More

काठमाडौँ: सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो। सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुन: अदालतको अनुमति लिइन्छ। उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ। १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताए। ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान प्रतिवेदन बुझाएपछि…

Read More

दार्चुला- त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो । नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो । प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ । प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो । छांगरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो ।…

Read More

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । मुख्यमन्त्री राउतको विश्वासको मतमाथिको छलफलमा भाग लिदै प्रदेश- २ को लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,’मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मार्दा जुलुस निकालेर विरोध गर्छन् ।’ अख्तियारले छापामार शैलीमा छापा मारेर संघीयतालाई चुनौती दिएको मुख्यमन्त्री राउतक अभिव्यक्तिमा सोनलले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । यो संघीयता सयकरोडौँ मधेसीको आन्दोलन र कयौँको सहादतले आएको हो । अब मुख्यमन्त्रीले…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले यसपटक आफू सभापति पदमा लड्ने दोहोर्‍याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’ १३औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको स्मरण गर्दै सिंहले यसपटक काठमाडौँबासीले नेपाली कांग्रेसको नेतृत्व गर्न पर्ने पनि बताए । ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’ नेताहरूमा पदमा पुग्न…

Read More

काठमाडौँ: सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ। यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइसकेको छ । अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउनेछ । माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भए पनि आजको बैठकमा त्यसबारे कुराकानी हुने बताइएको छ ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा आफूहरू दिल्ली जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य चौरासियाले जानकारी दिए। कांग्रेसका नेताहरू बिहीबारदेखि चार दिन  नयाँदिल्लीमा रहनेछन्। चौरासियाका अनुसार असोज २५ मा स्वदेश फर्किने कार्यक्रम छ। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद् बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जनाएको छ। दिल्लीमा रहँदा क-कसलाई भेट गर्ने भन्ने एकिन भइनसकेको चौरासियाले बताए। सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेर…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले भने, ‘निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्दछ ।’ अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा संक्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गरेका छन् । उनले भने–‘कोरोना महामारीको यस घडीमा संक्रमण फैलिन नदिन प्रहरी कर्मचारीले अनवरत रुपमा गरेको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु ।’ कार्यक्रमलाई संवोधन गर्दै देउवाले भने, ‘प्रहरी कर्मचारीहरु परिस्थितिको पर्वाह नगरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनका खटिने विश्वास लिएको छु…

Read More