Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।यो उपलब्धि ऊर्जामन्त्री दिपक खड्काको नेतृत्वमा नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको विश्वासप्रद सहकार्यको प्रतिफल हो। नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो। निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको मन्त्री…
काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं: नेपाल सरकारले पहिलोपटक गृहश्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो। मन्त्री भण्डारीले हालसम्म अनौपचारिक क्षेत्रमा रहेका गृहश्रमिकलाई औपचारिक श्रम प्रणालीमा ल्याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गर्दै, त्यसअनुसार कानुनी आधार तयार गर्न प्रकृया थालिएको जानकारी दिए । मन्त्रालयका अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १८९ अनुसार अगाडि बढाइएको हो। नेपाल यस अभिसन्धीका पक्षधर भएको हुनाले गृहश्रमिकलाई कानुनी रुपमा मान्यता दिने व्यवस्था गर्न कानुन तयारी भइरहेको छ। यद्यपि, श्रम ऐन २०७४ मा घरायसी श्रमिकसम्बन्धी विषय उल्लेख भए पनि समयसापेक्ष परिमार्जन…
काठमाडौँ: सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्। आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन पहिले निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस गरेका हुन्। सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरिसकेको लामिछाने निकट स्रोतले जानकारी दिएको छ। ‘उहाँले निवेदनसँगै आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि बुझाइसक्नु भएको छ,’ स्रोतले भन्यो, ‘उहाँले आफू निर्दोष रहे पनि फासाइएको र सहकारी पीडितका लागि आफ्नो भागको बिगो बापतको रकम तिर्न तयार रहेको बताउनु भएको छ। तर…
काठमाडौँ: नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने जनाएको छ। महासंघको आज बसेको बैठकले सम्झौता अनुसार विद्यालय शिक्षा ऐन नआए भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ऐन पास हुने प्रकृयामा नगए र सहमति अनुसार ऐन नबने आन्दोलन सुरु गर्ने बताए। ‘हामीहरूसँग भएको सहमति अनुसार ऐन आएन भने भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेका छौँ,’ अध्यक्ष सुवेदीले भने ‘त्यसका लागि भदौ ३/४ गते राष्ट्रिय समितिको बैठक बोलाएका छौँ।’ उनले राष्ट्रिय समितिको बैठक पछि आन्दोलन कसरी सुरु गर्ने भन्ने निर्णय गर्ने जनाए। महासंघले सरकारलाई विद्यालय…
काठमाडौँ:न्याय परिषद्का सचिवसहित २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्। न्याय परिषद्का सचिव यमबहादुर बुढामगर सिफारिसको पहिलो नम्बरमा छन्। उनी न्यायाधीशका उम्मेदवार भएकाले आजको बैठकमा नगएर बाहिरै बसेका थिए। उनको सट्टामा सहसचिव अशोककुमार क्षत्री बसेर निर्णय लेखेका थिए। विशिष्ट श्रेणीको अधिकृतबाट न्यायाधीश नियुक्तिको सूचीमा पर्ने बुढामगर एक्ला अधिकारी पनि हुन्। कर्मचारीहरूबाट न्यायाधीश बन्ने अन्य अधिकृतहरू सहसचिव छन्। कुल ५ जना कर्मचारी उच्च अदालतको न्यायाधीशमा प्रवेश पाएका छन् भने जिल्ला न्यायाधीशहरूबाट १६ जना उच्चमा उक्लिएका छन्। यस्तै कानुन व्यवसायीबाट ६ जना उच्च अदालतको न्यायाधीश नियुक्तिमा परेका छन्। कर्मचारीमध्ये सरकारी वकिलबाट १, कानुन अधिकृतबाट १ र न्याय सेवा अधिकृतहरूबाट ३ जना…
काठमाडौँ : नेपालमा बसेर ‘शंकास्पद गतिविधि गरिरहेको’ आशंकामा अध्यागमन विभागले सात जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यही क्रममा बिहीबार एक जना फ्रान्सेली महिलालाई काठमाडौंको लैनचौरबाट विभागले नियन्त्रणमा लिएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनीसहित अहिले अध्यागमनको नियन्त्रणमा पर्ने विदेशीको संख्या ७ पुगेको हो। जसमा २ जना मोरक्कोका, ३ जना चीनका र १ जना बंगलादेशी नागरिक छन्। बिहीबार अध्यागमनले नियन्त्रणमा लिएकी महिला ११ वर्षयता १५ पटकसम्म नेपाल आउजाउ गरेको भेटिएको प्रवक्ता ढकालले जानकारी दिए। ‘लैनचौरमा टेरा साम्पा नामको बेकरी उद्योग खोलेको पाइएको छ,’ उनले भने, ‘उनीसहित सबै विदेशीको अनुसन्धान भइरहेको छ। हामी डिपोर्टको प्रक्रियामा लैजान्छौं।’ फ्रान्सकी महिलाले ११…
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ । जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ । शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो । यी हुन परामर्श उपसमितिले तयार पारेको व्यवस्थासम्बन्धी तीन व्यवस्था : १. आन्तरिक प्रतियोगिता २. जेष्ठता र कार्यसम्पादन मूल्यांकन ३. कार्यक्षमताको मूल्यांकन
शिक्षा समितिको बैठक काठमाडौँ । शिक्षा मन्त्रालयले प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने प्रस्ताव गरेको छ । बिहीबार बसेको शिक्षा समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनका सम्बन्धमा आफ्नो प्रस्ताव पेस गर्दै मन्त्रालयले शिक्षक महासङ्घको सदस्य रहेको शिक्षक प्रधानाध्यापक नियुक्त भएमा निजको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ । यस्तै त्यस्तो व्यक्तिले प्रधानाध्यापक रहँदासम्म महासङ्घको तर्फबाट कुनै गतिविधि गर्न नपाउने उल्लेख छ । यस्तै महासङ्घको सदस्य भएको कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट कुनै छुट नपाउने समेत मन्त्रालयको प्रस्ताव छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ । बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ : ०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्यो । १८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८…