Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:नेपाली बजारमा शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ । गत शुक्रबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेकोमा हिजो अर्थात् बिहीबार भने स्थिर रहेको थियो । आज सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रूपैयाँ कायम भएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा तोलामा २ हजार ५०० रूपैयाँ बढी हो । बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ…

Read More

काठमाडौँ: सरकारको अग्रह अनुसार इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिको जनाएकाे छ। वर्ल्ड लिंकले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो। ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ,’ वर्ल्ड लिंकले जारी गरेको सूचनामा भनिएको छ,’ यसअनुसार वर्ल्ड लिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ।’…

Read More

काठमाडौँ: सरकारले फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेको आज अन्तिम दिन हो। सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सात दिने सूचना निकालेको थियो। सरकारले मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकृत हुन नआएको जानकारी दिए। ‘अहिलेसम्म कुनै पनि संस्था सूचीकृतका लागि सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘राति १२ बजेसम्म उनीहरूका लागि दिएको समय बाँकी छ। ती संस्थाले एउटा इमेल लेखेर…

Read More

काठमाडौं, १८ भदौतीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताउनुभयो । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ…

Read More

काठमाडौँ: नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रस्तुत गर्न नमिल्ने बताएका छन्। विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारेको फरक मत राख्न नमिल्ने तर्क गरेका हुन्। बुधबार पार्टी मुख्यालय च्यासलमा विधान महावेशनबारे आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो विषयमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी केन्द्रीय कमिटी बैठकमा फरक मत राखेको भएपनि पार्टी कमिटीको निर्णयमाथिको सो फरक मत विधान महाधिवेशनमा छलफलको विषय गर्न विधानले नदिने जिकिर समेत गरे। पार्टीका उपाध्यक्ष पाण्डेले सो विषयमा विधान महाधिवेशनमा फरक मत राख्ने घोषणा गरिसकेका छन्।…

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार(आज) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार २ लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको सुनको मूल्यमा आज बढोत्तरी हुँदा अहिलेसम्मकै महँगो बनेको हो । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबारदेखि नै सुनको मूल्यले लगातार रेकर्ड बनाइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५…

Read More

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताउनुभएको छ।सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै भन्नुभयो, “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”उहाँले भन्नुभयो, “कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ। राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीमा अनुशासनको कारबाही सिफारिस गरिएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले पार्टी अनुशासन समितिलाई कारबाही सिफारिस गरिएकाको पनि सदस्यता नवीकरण गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए । कांग्रेसमा २०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै पार्टीका विभिन्न तहले दुई हजार १०० भन्दा बढी नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेका छन् । निर्वाचन सम्पन्न भएको तीन वर्ष पुग्दा पनि अनुशासन समितिले परेका उजुरी फर्स्यौट नगरेपछि समितिले यस्तो निर्णय लिएको हो । ‘अनुशासन समितिमा कारबाहीका लागि सिफारिसमा परेका तर अनुशासन…

Read More

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् । चक्रपथको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेका छन् । उनीहरुको प्रदर्शनले कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

Read More

काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो । आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला…

Read More