Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:  विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ । यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख हाराहारी मानिस संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ । संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् । सबैभन्दा धेरै…

Read More

काठमाडौं: राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

Read More

चितवन: कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउन प्लाज्मा दान गरेका हुन् । कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन् । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए । कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए । उनका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको हो। कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न भनेको छ।

Read More

काठमाडौं : सेयर बजार सूचक झिनो अंकले भए पनि हरियो भएको छ । नयाँ अर्थमन्त्री चयन भएको भोलीपल्टको बजारले आम लगानीकर्तामा खासै उत्साह जगाउन सकेन । तर बजार सूचक बन्द हुने बेलामा हरियो देखिएको छ । यसले सकारात्मक संकेत भने गरेको छ । बजार खुलेको पहिलो प्रहरमा नेप्से आकर्षक हिसाबले चम्किएको भए पनि विस्तारै यसको गति सुस्त भएको थियो । विस्तारै फेस्टिभ मुड सुरु हुन थालेकाले बजार तुलनात्मकरुपमा सुस्त देखिएको फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको भनाई छ । एकातिर सर्वसाधारण लगानीकर्तामा फेस्टिभ मुड सुरु भएको छ भने अर्कोतिर नाफा भएकाहरुले त्यसलाई बुक गर्न लाग्दा पनि नेप्से केही प्रभावित भएको हो ।…

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७३९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७३५ जना पुगेको छ। हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण भएको छ।

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ थियो । पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ ।…

Read More

काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज विहीबार पदभार ग्रहण गरेका छन्। हिजो बुधबार मन्त्री नियुक्त भएका उनले आजै बिहीबार राष्ट्रपतिबाट सपथ लिएर अर्थ मन्त्रालय प्रवेश गरेका हुन्। अर्थ मन्त्रालय प्रवेशपछि दुई सचिवसहित सहसचिवस्तरका कर्मचारी, राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष र तीनजना विभागीय प्रमुखलाई उनले सम्बोधन गरे। करिब ३० मिनेट लामो सम्बोधन गरेका पौडेलले २५ मिनेट अर्थतन्त्रका वर्तमान परिस्थिति, अर्थ मन्त्रालयको भूमिका, कोरोनाको प्रभावलगायतका विषयमा बोले। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका पौडेलले आफ्नो पार्टीभित्र उत्पन्न हुने समस्याको छाँया अर्थ मन्त्रालयमा पर्न नहुनेमा सचेत गराएका छन्। ‘तालमा ढुंगा हान्दा किनारासम्म…

Read More

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौं : ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले नै खुकुरी प्रहार गरेका छन्। हिजो बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन्। बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो। त्यसक्रममा एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए। खुकुरी प्रहार गर्ने व्यक्तिको प्रहरीले पहिचान गरिसकेको छ। खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातमा चोट लागेको छ।

Read More