काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७३९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७३५ जना पुगेको छ।
हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण भएको छ।
Facebook Comments Box