Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । यूएईमा इन्डियन प्रिमियर लिग (आईपीएल) जारी छ । कोरोना महामारीका कारण भारतमा हुने आईपीएल यूएईमा भएको हो । विश्वभरिका क्रिकेटप्रेमीको नजर रहेको आईपीएलमा विश्वकै दिग्गज खेलाडीको सहभागिता रहन्छ । कोरोनाकै कारण दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको छैन । घरबाटै दर्शकले आईपीएलको मजा लिइरहेका छन् तर यही बीचमा सट्टेबाज समूह भने सक्रिय रहेको पाइएको छ । दुबईमा खेल जारी रहँदा नेपाल र त्यसमा पनि काठमाडौंमा आईपीएलको सट्टेबाजी हुने गरेको छ । सट्टेबाजीमै संलग्न आरोपमा महानगरीय प्रहरी वृत्त कालीमाटीले तीन भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । सट्टेबाजी गैरकानुनी धन्दा हो । पक्राउ पर्नेमा भारत घर भई कमलपोखरीस्थित होटल…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज सोमबार बिहान कर्णाली मुख्यमन्त्री प्रकरणबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले संसदीय दलमा राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको बताइएको छ । अध्यक्ष प्रचण्डले ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि…
काठमाडौँ: कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ । दसैं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना बर्सेनि बढ्छन् । त्यस्ता घटना नियन्त्रण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले ‘सुरक्षा योजना’ लागू गरेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले बताए । दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँमा ३ हजार ७…
काठमाडौँ: त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू त्रिचन्द्र क्याम्पसका विद्यार्थी भएको प्रहरीले जनाएको छ । रुपेशलाई सूर्यबिनायकबाट र रविनलाई सिरहाबाट पक्राउ गरिएको हो । घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख, एसएसपी श्याम ज्ञवालीले बताए । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीन जनाले विश्वविद्यालय परिसरमा निर्घात कुटपिट गरेका थिए । सख्त घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमन तिव्र पारेको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण थप व्यवस्थित गरिएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा चलाइएको जानकारी दिए । तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमति बिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए । उनका…
काठमाडौं: माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो । प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ ।
चितवन: भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
काठमाडौँ: कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दाबी गरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ । अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने पनि देखाएको…
काठमाडौँ: राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा दुई फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले महालक्ष्मी नगरपालिका १ स्थित मनिष ट्रेडिङ्ग कन्सन र बारा जिल्ला रामपुर टोकनी ३ स्थित साहारा एण्ड खातुन ट्रेडर्स विरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दर्ता गरेको छ । उक्त फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट २३ करोड २२ लाख करोड विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबी लिई मुद््दा दायर गरेको हो । विभागले मनिष ट्रेडिङ्ग कन्सर्नका मुख्य कारोबारी किशोरी यादव समेत ३ जनाबाट १३ करोड २५…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएकाे छ। विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो। परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ। असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो ।
