काठमाडौं: माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।
प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ ।