Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा…

Read More

काठमाडौं: कोरियाबाट आसियान एयरलाइन्सबाट आएकामध्ये ११ जनाको पीसीआर रिर्पोट नहुँदा १६० जना यात्रु विमानस्थलमा अलपत्र परेका छन् । शनिबार दिउँसो ४ बसेर ४२ मिनेटमा ल्याण्ड भएको आसियाना एयरलाइन्सको ओज्यड ७६५३ फ्लाइटबाट आएका यात्रुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नपाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । जसका कारण १६० जना यात्रु नै यो समाचार तयार पार्दासम्म विमानस्थलमै रोकिएका छन् । सबै यात्रुलाई होटेल जान भनिएपछि विमानस्थलमा ती यात्रुले नाराबाजी गरिरहेका छन् । तर, कोरियाबाट आएका यात्रु प्रविन पौडेलले भने पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न नपाइने भएकाले सबैको रिपोर्ट रहेको दाबी गरे । उनले कति जना र क–कसको रिपोर्ट छैन…

Read More

काठमाडौं: सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ । एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने…

Read More

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

Read More

काठमाडौं: नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ । आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसम्म शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन भुवन कडेलले वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्म केन्द्रीय बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको जानकारी दिए । यसअघि भुक्तानी सेवा…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र कोरोनाले काठमाडौंमा १ महिला र २ जना पुरुष, ललितपुरका २ पुरुष र भक्तपुरका एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, धादिङकी एक महिलाको मृत्यु भएको छ । त्यसैगरी सुनसरीका एक जना पुरुष, मोरङका २ पुरुष, सर्लाहीका एक पुरुष, ललितपुरका २ पुरुष, भक्तपुरका एक पुरुष, मकवानपुरका एक पुरुष, रुपन्देहीका एक पुरुष र नवलपरासीपूर्वका एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा…

Read More

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन्। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए। केही दिनभित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागू हुने उनले जानकारी दिए। ‘प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ’,…

Read More