Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो । मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको थियो । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

Read More

काठमाडौं: विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत हुन्। योसँगै हिजोसम्म विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २०० पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ। संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका…

Read More

काठमाडौँ: गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घटेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट प्रस्वाति गरेको लाभांश कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको १५८ औं बैंठकले परिमार्जन गरेर घटाएको हो । संसोधित लाभांशपछि अब कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशत अर्थात ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बोनस तथा कर प्रयोजनको लागि ०.५५२६ प्रतिशत अर्थात ५१ लाख ८६ हजार ५५८ रुपैयाँ पाउनेछन्। यस अघि २०७६ कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको १५४ औं बैठकले चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०१५…

Read More

मोरङ: बालिका अपहरणको आरोप तीन जना पक्राउ परेका छन् । मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई एम्बुलेन्स चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । रणपहेली नातामा अपहरित बालिकाका काका पर्ने व्यक्ति हुन्। आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी…

Read More

ललितपुर: ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो । आज बिहानैदेखि १९ आँै जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा…

Read More

काठमाडौँ: सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा पछिलो पटक भारतको लागु औषध ब्युरोले (एनसीबी) शनिबार सुशान्तका प्रेमिका भनिएको रिया चक्रवर्तीकी भाइ शोविकलाई पक्राउ गरेको छ। पक्राउ गरेसँगै रियाका बुवा इन्द्रजित (पूर्व भारतीय सेनाका रथि) ले भनेका छन्- बधाई छ भारत तिमीलाई, जसले हाम्रो मध्यमस्तर परिवारलाई तहसनास पारिदिएका छौ । अव पक्कै पनि मेरी छोरीलाई पनि तिमीहरु पक्राउ गर्छौ। उनले भने, बधाई छ भारत जे हिन्द। शोविकलाई एनसीबीले लागु औषधको अवैध प्रयोग र बेचबिखनमा पक्राउ गरेको जनाएको छ जसमा सुशान्तलाई समेत फसाइएको बताइएको छ।

Read More

काठमाडौँ: सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाउनुभयो । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिनुभयो । बलिङतर्फ…

Read More

काठमाडौँ: पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ ।…

Read More

काठमाडौं: नेपाली काँग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने निष्कर्ष निकालको छ । इतर समूहको शनिबार भएको भर्चुअल बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत नेता सहभागी थिए । नेता केसीका अनुसार गत बिहीबारको भर्चअल बैठकद्वारा गठित तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदनमाथि…

Read More

भक्तपुर: प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’मा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो । स्वाब संकलन लगत्तै होम आइसोलेसनमा बसेको र हालसम्म आफूलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको सांसद सुवालले बताए । ‘सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको छु,’ उनले भने, ‘दुई सातादेखि कुनै कार्यक्रममा सहभागी भएको छैन, नजिकको मित्रमा कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षण गराएको हुँ ।’उनको स्वास्थ्य अवस्था सामान्य छ । भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्यामासिंहमा सांसद सुवाल लगायतको…

Read More