काठमाडौँ: सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा पछिलो पटक भारतको लागु औषध ब्युरोले (एनसीबी) शनिबार सुशान्तका प्रेमिका भनिएको रिया चक्रवर्तीकी भाइ शोविकलाई पक्राउ गरेको छ।
पक्राउ गरेसँगै रियाका बुवा इन्द्रजित (पूर्व भारतीय सेनाका रथि) ले भनेका छन्- बधाई छ भारत तिमीलाई, जसले हाम्रो मध्यमस्तर परिवारलाई तहसनास पारिदिएका छौ । अव पक्कै पनि मेरी छोरीलाई पनि तिमीहरु पक्राउ गर्छौ। उनले भने, बधाई छ भारत जे हिन्द।
शोविकलाई एनसीबीले लागु औषधको अवैध प्रयोग र बेचबिखनमा पक्राउ गरेको जनाएको छ जसमा सुशान्तलाई समेत फसाइएको बताइएको छ।
Facebook Comments Box