Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मेलम्ची (सिन्धुपाल्चोक) – मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन्। तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भयो। वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम।’ अस्थायी बाँध बनाएर वर्षात्को समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भई सुरुङ चुहावट भएको प्राविधिक बताउँछन्। आयोजनाले भने सुरुङ के कारणले फुटेको भनेर आधिकारिक कारण दिएको छैन। आयोजनामा काम गरिसकेका एक प्राविधिक भने हतारमा भएको…

Read More

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ । भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा…

Read More

काठमाडौं: सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो । स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ । ‘अहिले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मुख्य जिम्मेवारी छ, अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो । राष्ट्रिय योजना आयोगले समेत आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्तर्राष्ट्रिय…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको मूल्याङ्कन सीमा बढाउने भएको छ । राष्ट्र बैंकको व्यवस्थापन समितिले बिहीबार सन्चालक समितिसमक्ष पेश गरेको नयाँ मौद्रिक नीतिको अन्तिम मस्यौदामा बैंक तथा वित्तीय संस्थाले गतवर्षको नाफाबाट लगानीकर्तालाई दिने कुल लाभांशमा २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोनस सेयर बाँड्न पाउने प्रस्ताव गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार शेयर धितोको सीमा ५ प्रतिशत बढाईने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयरधितोको कर्जा ७० प्रतिशत कायम गर्न लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले नोट…

Read More

काठमाडौं: आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको पछिल्लो विवरणअनुसार गत आवको जेठ मसान्तसम्म रु सात खर्ब ७४ अर्ब ८७ करोड विप्रेषण आएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३५.७ प्रतिशतले घटेको थियो…

Read More

काठमाडौं: मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । आजै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आइतबारदेखि फेरि भारी वर्षा एक-दुई दिनदेखि केही कम भएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम…

Read More

काठमाडौं: अर्थ समितिले कर्मचारीको जागिर खोस्ने कम्पनीलाई सस्तो ब्याजदरको ऋण नदिन राष्ट्र बैंकलाई निर्देशन दिएको छ । शुक्रबारको बैठकपछि मौद्रिक नीतिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले समेट्नुपर्ने विषय भन्दै त्यस्तो निर्देशन दिएको हो । समितिले कोरोना प्रभावित अन्य व्यवसायहरुलाई भने ५ प्रतिशतको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिले दिएको निर्देशनमा घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको भुक्तानी, व्यवसाय सञ्चालन लगायत कोभिडको कारणले संकटग्रस्त भएका सबै क्षेत्रलाई समेट्नेगरी ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन बजेटमा उल्लेख भएको ५० अर्बको कोष यथाशीघ्र खडा गरी प्रभावकारी रुपका कार्यान्वयनमा ल्याउन र…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल विना निष्कर्ष सकिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्ड–माधव समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकाले छ । पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफल विना निष्कर्ष सकिएपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए । बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि खुमलटार भेलामा उनीहरुसहित सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल भेला भएका थिए । भेलामा सहभागी एक नेताले भने ‘तीन नेताबीच…

Read More

काठमाडौं: कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन् । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रबद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको प्रवक्ता डा। युवराज खतिवडाले बताए । स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गरिने उनले बताए । त्यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार…

Read More

काठमाडौं: बिहीबारदेखि देशभरिका जिल्ला अदालतहरूमा मुद्दा प्रक्रियाको फरक व्यवस्थापन सुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एक विज्ञप्ति जारी गर्दै साउन १ देखि ‘फरक व्यवस्थापन’ कार्यान्वयनमा ल्याइएको बताएका छन्। फरक व्यवस्थापन भनेको मुद्दा वर्गीकरण गरी दर्तादेखि फैसलासम्मको कार्यतालिका सेवाग्राहीलाई दिइने पद्धति हो। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार, मुद्दा आएपछि कर्मचारीले त्यो मुद्दालाई एउटा सफ्टवेयरमा इन्ट्री गराउँछन्। अनि नियम र दिग्दर्शनको आधारमा सफ्टवेयरले उक्त मुद्दाको वर्गीकरण गर्छ। सर्वोच्च अदालतले मुद्दाको वर्गीकरण गर्ने दिग्दर्शन बनाइसकेको छ। मुद्दा सरल, सामान्य र विशेष प्रकृति गरि तीन थरीका हुन्छन्। ‘सफ्ट्वेयरमा इन्ट्री गरेपछि दिग्दर्शनले निर्धारण गरेको आधारमा रहेर मुद्दाको मार्ग पहिचान हुन्छ। अनि दर्तादेखि फैसलासम्मका मुख्यमुख्य…

Read More