काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको मूल्याङ्कन सीमा बढाउने भएको छ ।
राष्ट्र बैंकको व्यवस्थापन समितिले बिहीबार सन्चालक समितिसमक्ष पेश गरेको नयाँ मौद्रिक नीतिको अन्तिम मस्यौदामा बैंक तथा वित्तीय संस्थाले गतवर्षको नाफाबाट लगानीकर्तालाई दिने कुल लाभांशमा २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोनस सेयर बाँड्न पाउने प्रस्ताव गरेको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार शेयर धितोको सीमा ५ प्रतिशत बढाईने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयरधितोको कर्जा ७० प्रतिशत कायम गर्न लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले नोट बजारलाई जानकारी दिए।
नेपाल धितोपत्र बोर्डले शेयर धितो कर्जाको सिमा ६५ बाट ७५ प्रतिशत पुर्याउन सिफारिस गरेको थियो भने शेयर लगानीकर्ताले शेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउने माग गर्दै आएका थिए ।
बोर्डले शेयर बजार सुधारका लागि चार सुत्रीय सुझाव राष्ट्र बैैंकलाई दिएको थियो।राष्ट्र बैंक स्रोतका अनुसार शेयर धितोको सीमा ५ प्रतिशत बढाईने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयरधितोको कर्जा ७० प्रतिशत कायम गर्न लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले नोट बजारलाई जानकारी दिए।