Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा जया बच्चनबाहेक सबै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परिवारका सबै जनाको परीक्षण गरिएकोमा शनिबार अमिताभ र छोरा अभिषेकमा संक्रमण पुष्टि भएकोमा आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो । अमिताभकी श्रीमती जया बच्चनलाई भने संक्रमण देखिएको छैन । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभको परिवारका चारजनामा कोरोना देखिएको छ । बलिउडका अभिनेता अमिताभ र अभिषेकले आफैंले सामाजिक सञ्जालमा लेखेर आफूहरूमा कोरोना देखिएको जानकारी गराएका थिए

Read More

काठमाडौं: कुमारी बैंक लिमिटेड र देव विकास बैंकको आधिकारिक एकीकृत कारोबार सुरु भएको छ । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र साविकको देवःविकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको सुरुवात गरेका हुन् । एकीकृत कारोबारसँगै अब बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर २ सय १६, एटीएम काउन्टरको संख्या १ सय ३८ पुगेको छ । यस नयाँ कार्यथालनी पश्चात् कुमारी बैंकको  कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको छ । यस पश्चात् बैंक पहिले भन्दा सबल र…

Read More

काठमाडौं: बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनै पर्ने नेपाल बैंकर्स एसोशिएसनका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले बताए । बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने समेत उनले बताए । आागमी आर्थिक वर्षको मौद्रिक नीति बैंकरका लागि भन्दा पनि कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई सम्बोधन गर्ने गरी आउनु पर्ने ढुङगानाको भनाइ छ । आगमी आर्थिक वर्षको बजेटमा अधिकतम राहतको आशा राखेको भएपनि त्यसलाइ सम्बोधन हुन नसकेको औल्याउदै ढुङगानाले भने,“अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको छ, अहिले बाँच्ने र बचाउने बेला हो । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालिन अवस्था हेरेर आउनुपर्छ…

Read More

काठमाडौँ: जिल्ला अदालत ललितपुरले मिर्गौला तस्करीको अभियोगमा पक्राउ परेका १२ जनालाई थुनामा राख्न आदेश दिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले आइतबार प्रहरीलाई अनुमति दिएको हो । अवैध मिर्गौला प्रत्यारोपन गरेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ३ चिकित्सक, एक वडाअध्यक्ष, दुई प्रहरी र जिल्ला प्रशासन कार्यालयका दुई कर्मचारीलाई पनि पक्राउ गरेको छ । भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश कुमार बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका– ३ का वडा अध्यक्ष गोपाल मर्हजन, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्र थपलिया पक्राउ परेका ब्यूरोका एसपी प्रभु ढकाल बताउँछन् । एसपी…

Read More

काठमाडौं: नेपाल विज्ञापन संघसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरवातीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेका हुन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक सङ्घले क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् आगामी साउन १ गतेदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने जनाएको छन् । ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री डा खतिवडाले क्लिन…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरुको सुझाव लिने काम भैसकेको जनाए । ‘सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरि नै मौद्रिक नीति आउँछ, यसले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गरेको छ ।’ कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए ।…

Read More

काठमाडौं: आइतबार सलहका  झुन्ड नेपाल प्रवेश गरेका छन् । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान र दिउँसो गरेर दुई वटा झुन्ड नेपाल प्रवेश गरेको जानकारी दिएका हुन् । झुन्ड धेरै ठूलो नभएर एक/दुई लाखको संख्यामा रहेको सुवेदीले बताए । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ । केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो । दाङमा सलह प्रवेश गरेपछि राप्ती…

Read More

काठमाडौं: नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ…

Read More

काठमाडौँ, २८ असार:  काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनीमा जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण (ल्याण्ड पुलिङ) आयोजना सञ्चालन गर्न लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले राससलाई जानकारी दिनुभयो । “आयोजना सञ्चालन गर्न तीनवटै नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने…

Read More

भक्तपुर, २८ असार (रासस):  साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिण तर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो । थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको…

Read More