काठमाडौं: कुमारी बैंक लिमिटेड र देव विकास बैंकको आधिकारिक एकीकृत कारोबार सुरु भएको छ ।
कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र साविकको देवःविकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।
एकीकृत कारोबारसँगै अब बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर २ सय १६, एटीएम काउन्टरको संख्या १ सय ३८ पुगेको छ ।
यस नयाँ कार्यथालनी पश्चात् कुमारी बैंकको कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको छ । यस पश्चात् बैंक पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखा÷एटिएम विस्तारित तथा बैंकिङ्ग सेवासुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्ध रहेको जानकारी गराएको छ ।