Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । कहाँ कति संक्रमित ? डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना र झापाका एकजना, जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण…

Read More

काठमाडौं:ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । क्षेत्रीले दिएको राजीनामा पनि बैङ्कको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । बैङ्क बोर्ड श्रोतका अनुसार उनले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बाेर्ड स्रोतले जानकारी दिएकाे छ । ‘सीईओ सा’पले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिनुभएको थियो, तर राजीनामाका विषयमा निर्णय भइसकेको थिएन’ बाेर्ड स्रोतले भन्याे, ‘उहाँको राजीनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’ तत्कालीन दुई ठूला वाणिज्य बैङ्क (ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाल) मर्ज…

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता जनाएका छन्। बिहीबार पदभार ग्रहण गरेका आईजीपी क्षेत्रीले पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने बताएका हुन्। संगठनका हितका लागि आफू सदैब तत्पर रहने भन्दै आईजीपी थापाले संगठनलाई उत्कृष्ठ बनाउने प्रतिवद्दता ब्यक्त गरे। उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाए। प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने बताए। उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रहसमेत गरे। उनले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रूपमा कारवाही गरिन्छ।’ उनले…

Read More

काठमाडौं: बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ। जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।

Read More

काठमाडौं: दुई दिन कुमारी बैंकको सम्पूर्ण सेवा बन्द हुने भएको छ । बैंकल देव: विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार कुमारीको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको हो । साथै सो मितिमा कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देव: को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने बैंकले जनाएको छ ।

Read More

काठमाडौँ : आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन । उनका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । “मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा भिन्न मिल्दैन”, मौसमविद् मानन्धरले भनिन । असार २५ देखि २८ गतेसम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्का…

Read More

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ । बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बुधबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । त्यस क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घण्टा भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले जनाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्टपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । बुधबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा झण्डै २ घण्टा वार्ता भएको थियो । बुधबारको ओली प्रचण्ड वार्ता यसअघिका वार्ताकै निरन्तरता भएको बताइएपनि यसबारे नेताहरुले मुख खोलेका छैनन् । आइतबार यता दैनिक भएका भेटवार्ता अघिल्ला दिनकै निरन्तरता भएको दुवै…

Read More

मेलम्ची: (रासस) : गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताउनुभयो । “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी…

Read More

काठमाडौं: उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुलाई बुझाउनुपर्ने साँवा र ब्याज भुक्तानीको समयावधि बढाउन माग गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै महासंघले समयावधि बढाउन माग गरेको हो। महासंघले विज्ञप्ति जारी गर्दै उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको जनाएकाे छ। ‘कैयन उद्यमी व्यवसायीहरु पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको छ’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘इतिहासमै अत्यन्त कम मात्र देखापर्ने…

Read More